arrow

पूर्वाञ्चल विश्वविद्यालयमा मेडिकल कलेज खुल्ने भएपछि शेखरसँग खुसी साँटे सुन्दर हरैचावासीले 

logo
प्रकाशित २०७४ मंसिर ९ शनिबार
shekhar-morang.jpg

मोरङ। मोरङको गोठागाउँमा रहेको पूर्वाञ्चल विश्वविद्यालयमा मेडिकल कलेज संचालनको लागि स्वास्थ्य मन्त्रालयले स्विकृत प्रदान गरेको छ। 

मन्त्रालयको यो पछिल्लो निर्णयपछि मोरङ सुन्दर हरैचावासीले मोरङ क्षेत्र न ६ का कांग्रेसका उम्मेदवार डा शेखर कोइरालासँग सार्वजनिक रुपमै खुसी सााटेका छन्। 

चुनावी सभामा बोलेको कुरा चुनाव अगावै कार्यान्वयनमा आएपछि सुन्दर हरैचावासी दंग परेका छन्। 

डा कोइरालाकै  पहलमा मेडिकल कलेज संचालनको पहिलो सफलता प्राप्त भएको हो । 

१ बर्षभित्रै विश्वविद्यालयमा मेडिकल कलेज संचालन भैसक्ने सुन्दर हरैचावासीलाई उनले वाचा गरेका  छन् । 

राष्ट्रिय राजनीतिमा प्रभाव राख्ने डा कोइरालाको प्रयासले मात्र त्यो कार्य सम्भव हुनसक्छ काँग्रेसका यूवा नेता रमेशजंग रायमाझीले भने, डा सावले १ बर्षको समय माग्नु भएको थियो तर चुनाव अगावै जनतालाई विश्वास दिलाउने काम गर्नुभयो ।  डा कोइरालाको  यो पहलले  स्थानीयहरु खुशी भएको रायमाझीले बताए । 

प्रारम्भिक चरणको सफलता जनताले आफै देखेपछि डा कोइराला त्यस क्षेत्रमा लोकप्रिय बनेका छन् ।  

मेडिकल कलेज संचालनको चुनावी मुद्धा बनाएका उनले  सुन्दर हरैचाकाबासीलाई १ बर्ष धैर्य गर्न आग्रह गरिरहेका छन् । 

सवै प्रक्रृया पुरा गर्न १ बर्ष लाग्ने भएकोले ढुक्क भएर बस्न सुन्दर हरैचावासीलाई उनको आग्रह छ । 

२० औ बर्षदेखी अलपत्र अवस्थामा रहेको पूर्वाञ्चल विश्वविद्यालयको स्तरउन्नतीमा कसैको ध्यान जान सकेको थिएन । 

मेडिकल कलेज संचालन हुन्छ , त्यसको लागी  म ग्यारेन्टी बस्छु डा कोइरालाले प्रत्येक चुनावी सभामा भनिरहेका छन । 

स्वास्थ्य मन्त्रालयको मिति ०७४/७/२८ को सचिवस्तरीय निर्णय अनुसार एमवीवीएस शैक्षिक कार्यक्रम संचालनको लागी आफ्नै न्यूनतम मापदण्ड अनुसार अस्पताल नवन्दासम्म अर्को व्यवस्था नभएसम्म कोशी अञ्चल अस्पताल विराटनगरलाई शिक्षण अस्पतालको रुपमा प्रयोग गरि मेडिकल संचालन गर्न अनुमति दिने मन्त्रालयले निर्णय गरेको छ । 

विश्व विद्यालयमा मेडिकल कलेज संचालन गर्नु पूर्व ३ सय शैयया रहेको अस्पताल अनिवार्य हुनु पर्ने प्रावद्यान छ । 

स्वर्गीय गिरिजाप्राद कोइरालाले भारतको बनारस विश्वविद्यालयको परिकल्पना गरि पूर्वाञ्चल विश्व विद्यालय संचालनमा ल्याएका थिए । 

यतिका बर्ष वितिसक्दा पनि विश्वविद्यालयको गुणस्तरमा कुनै सुधार आउन नसकेपछि अहले पहल शुरु भएको छ। 

कोइराला परिवारको योगदानमा स्थापना भइ संचालनमा आएको यस विश्व विद्यालयलाई देशकै नमूना विश्व विद्यालय बनाइने डा कोइरालाले प्रण गरेका छन् । 

स्वर्गीय गिरिजावावुको सपना साकार पार्न पनि मैले यसको स्तरउन्नती गर्नु छ डा कोइारालले भने , सन्दर हरैचाबासीको प्रमुख माग पनि यही हो ।  

५०/०७४/७५ चलानीमा स्वास्थ्य मन्त्रालयले मिति ०७४/८/३ मा पूर्वाञ्चल विश्व विद्यालयलाई निर्णय कार्यान्वयनका लागी पत्राचार गरिसकेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ