arrow

चेल्सी र लिभरपुल बराबरीमा, म्यानचेस्टर युनाइटेडको संघर्षपुर्ण जित 

logo
प्रकाशित २०७४ मंसिर १० आइतबार
liverpool-chelsea.jpg

काठमाडौं । इङ्लिस प्रिमियर लिग फुटबलमा डिफेन्डिङ च्याम्पियन चेल्सीले लिभरपुलसंग बराबरीको खेल खेलेको छ । 

लिभरपुलको मैदान एन्फिल्डमा भएको खेल १–१ को बराबरीमा सकिएको हो । 

मोहम्मद सलाहले ६५ औं मिनेटमा गोल गर्दै लिभरपुललाई अग्रता दिलाए पनि ८५ औं मिनेटमा विलियनले गोल फर्काउँदै चेल्सीलाई बराबरीमा ल्याए । 

म्यान्चेस्टर युनाईटेडले ब्राईटनलाई १–० ले हरायो । संघर्षपुर्ण जितका लागि लेविस डंकले आत्मघाती गोल गरेका थिए । 

क्रिष्टल प्यालेसले स्टोक सिटीलाई २–१ ले, वाट्फोर्डले न्युकासल युनाईटेडलाई ३–० ले हराउँदा टोटनह्याम हट्सपर र वष्ट ब्रोमले १–१ को बराबरी रोक्दा स्वान्सी सिटी र बर्नमाउथले गोलरहित बराबरी खेले । 

अंक तालिकामा म्यानचेस्टर सिटीको १२ खेलबाट ३४, म्यानचेस्टर युनाइटेडको १३ खेलबाट २९, चेल्सीको १३ खेलबाट २६ तथा टोटनह्यामको २४ अंक छ । 

 

Willian pulls Chelsea back into the tie with an audacious long-range effort which lobs goalkeeper Simon Mignolet

Antonio Conte punches the air and lets out a roar of celebration after his side pulled a goal back at AnfieldLiverpool's Mohamed Salah keeps his composure to evade the Chelsea defence and slot home the opening goal of the game

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ