- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
धादिङ । नेकपा माओवादी केन्द्रका नेता शालिकराम जमकट्टेलले आफ्नो हैसियत देखाएका छन् ।
कम्युनिष्ट गठवन्धनका तर्फबाट धादिङ क्षेत्रनम्बर १ को प्रदेशसभा (ख) का उम्मेदवार जमकट्टेलले गोप्य मतदानको खिल्ली उडाएका हुन् ।
उनले मतदान गरेका मतपत्र सार्वजनिक गरेका छन् ।
कुनै पनि मतदाताले आफूले कुन उम्मेदवार तथा दलको चुनाव चिह्नमा मतदान गरेको भनेर सार्वजनिक गर्न पाइँदैन ।
तर जमकट्टेलले भने आफूले गरेको मतदान संचारकर्मी र त्यहाँ उपस्थिति सबैलाई देखाउँदै फोटो समेत खिचाएका छन् ।