arrow

वर्षमान–ओनसरी दम्पत्तिले खसाल्यो मत, महरा गएनन् 

logo
प्रकाशित २०७४ मंसिर १० आइतबार
rolpa-final.png

रोल्पा । निवर्तमान सभामुख ओनसरी घर्तीमगरले रोल्पा नगरपालिका–७ मा रहेको बाल उदय मावि माडीचौर केन्द्रबाट बिहान ७ः२० बजे मतदान गरेकी छिन् ।  

सोही मतदान केन्द्रबाट पूर्वअर्थमन्त्री तथा नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले पनि मतदान गरे । 

संमृद्ध नेपाल निर्माणका लागि हुन लागेको निर्वाचनमा मतदान गर्न पाउँदा आफूलाई निकै खुशी लागेको पुनले संक्षिप्त प्रतिक्रिया दिए । 

रोल्पा नगरपालिका–१ तारा मावि वामरुक मतदानमा नामावली रहेका उपप्रधानमन्त्री कृष्णबहादुर महरा भने मतदानमा उपस्थित भएनन् । 

चुनावी प्रचार प्रसारका क्रममा दाङमा रहेका कारण महरा मतदानमा उपस्थित नभएको बताइएको छ । 

मतदातालाई भयमुक्त ढंगले मतदानको वातावरण बनाइएको सुरक्षाकर्मीले बताएका छन् । 

जिल्लाका अधिकांश स्थानमा मतदान शान्तिपूर्ण ढंगले भइरहेको सुरक्षा स्रोतले बताएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ