arrow

भोट हालेपछि बाबुरामले भने–‘जितको कुरा छोड्नुस् कति अन्तरले जित्ने त्यो कुरा गर्नुहोस’

logo
प्रकाशित २०७४ मंसिर १० आइतबार
Baburam.jpeg.jpeg

गोरखा । नयाँ शक्ति नेपालका संयोजक एवं गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बाबुराम भट्टराईले आफुले जित्ने कुरा सामान्य भएको र कति अन्तरले जित्ने भन्ने कुरा प्रमुख रहेको बताएका छन् ।

मतदान गरेपछि संचारकर्मीसँग भट्टराईले भने, ‘गोरखाका जनताको मायाको वर्णन गर्न सकिदैन । मलाई दुई–दुई पटक संविधानसभामा पठाउनु भयो । फेरि पनि यो मुलुकको समृद्धिको लागि प्रतिनिधिसभामा उहाँहरुले पठाउने कुरामा पूर्ण विश्वस्त छु ।’

पूर्व प्रधानमन्धी समेत रहेका भट्टराईले हारजित छोडेर मत अन्तरको कुरा गर्न अनुरोध गरे । उनले भने, ‘जितको कुरा छोड्नुस्, कति अन्तरले जित्ने त्यो कुरा गर्नुस् ।’  गोरखा २ मा भट्टराईलाई पूर्व सहयात्री नारायणकाजी श्रेष्ठको चुनौती छ । श्रेष्ठ एमाले–माओवादीको गठबन्धनका साझा उम्मेद्वार हुन भने भट्टराईलाई नेपाली काँग्रेसको साथ छ ।

आफुले यसअघि गरेको विकासको सुरुवातको आधारमा मतदाताले  आफुलाई भारी मत अन्तरले बिजयी गराउने भट्टराईको भनाई छ । भट्टराई र श्रेष्ठको प्रतिस्पर्धालाई निकै महत्वका साथ हेरिएको छ । विगतमा दुवै एउटै पार्टीमा रहेका थिए भने भट्टराईले त्यो बाटो छोडेका छन् ।

प्रधानमन्त्री र अर्थमन्त्री हुँदा गरेका कामको जनताले फेरि पनि मुल्याङ्कन गर्ने भट्टराईको विश्वास छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ