arrow

श्रीमानले श्रीमतीको भोट आफै हाल्न खोज्दा.....

logo
प्रकाशित २०७४ मंसिर १० आइतबार
bajhang_district_map.png

बझाङ । थलारामा श्रीमतीको भोट श्रीमानले हाल्न खोजेपछि विवाद भएको छ । थलारा गाउँपालिका –८ मा रहेको शैलेश्वरी निम्न माध्यामिक विद्यालय मतदान केन्द्रमा श्रीमतीको भोट आफैले हालिदिन खोजेपछि विवाद भएको प्रहरीले जनाएको छ ।

स्थानीय देवराज पाध्यायले आफ्नी श्रीमतीको भोट आफूले हालिदिन खोजेको थाहा पाएपछि स्वयंसेवकहरुले रोकेका थिए ।

पछि देवराजकी श्रीमती आफैले भोट खसालिन् । यो विषयले केहीबेल तनाव भएको प्रहरीले जनाएको छ ।
विवादका कारण केही समय मतदान स्थल तनावग्रस्त भए पनि देवराज पाध्यायकी श्रीमती आफैले मतदान गरेपछि विवाद साम्य भएको र मतदान शान्तपूर्वक चलेको बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ