arrow

पूर्वी रुकुमको पेल्मा मतदान केन्द्र सम्पर्क बाहिर

logo
प्रविर ददेल,
प्रकाशित २०७४ मंसिर १० आइतबार
Rukum_District.png

रुकुम । पूर्वी रुकुमको पेल्मा मतदान केन्द्र सम्पर्क बाहिर रहेको छ । सञ्चार सुविधा नहुँदा पूर्वी रुकुमको पेल्मा मतदान केन्द्र सम्पर्कबाहिर रहेको हो ।

मतदान केन्द्रमा सञ्चार सुविधा नहुँदा मतदानको अवस्थाबारे जानकारी नभएको जिल्ला निर्वाचन अधिकृत रुकुम पूर्वीका राजेन्द्रप्रसाद पोख्रेलले जानकारी दिए  । उनले भने, ‘पूर्वी रुकुमका  नौ मतदान केन्द्रहरु नै सञ्चार सुविधा छैन । तर, अन्य केन्द्रहरुमा नेपाल प्रहरी र नेपाली सेनाको सञ्चार सेटबाट सम्पर्क भएपनि भैरहेको छ ।’
 
पूर्वी रुकुमको रन्मामैकोट, अर्जल, हुकाम, पेल्मा, सिस्ने, जाङ, खाराबाङ, कोल र राङ्सी लगायतका केन्द्रहरुमा टेलिफोन सुविधा नहुँदा समस्या हुने गरेको छ । पूर्वी रुकुम तीन गाउँपालिकामा ४२ वटा मतदान केन्द्र रहेका छन् । जसमा २७ हजार ९ सय २८ मतदाता रहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ