arrow

पाँचथरमा ६८ प्रतिशत मत खस्यो

logo
जितेन्द्र भण्डारी,
प्रकाशित २०७४ मंसिर १० आइतबार
panchthar-district1.png

पाँचथर । पहिलो चरण अन्तर्गत आइतबार भएको प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्बाचनमा पाँचथर जिल्लामा ६८ प्रतिशत मत खसेको छ ।जिल्लाको एक सय मतदान स्थल र एक सय ६५ मतदान केन्द्रमा खसेको मत हेर्दा ६८ प्रतिशत मत खसेको निर्बाचन अधिकारी राईले बताए ।

पाँचथरमा आइतबार बिहान सात बजेदेखि  साँझ पाँच बजेसम्म मतदान भएको थियो । जिल्लाका कुनै मतदान स्थलमा पनि अप्रिय घटना नघटेको बताइएको छ ।यद्यपी सबै मतदान केन्द्रबाट आज राती १२ बजेभित्रमा मतपेटिकाहरु सदरमुकाम पुर्‍याउँन भने असम्भव रहेको राईले बताए ।

 जिल्लाको दुर्गम क्षेत्रहरुबाट भने आज रातभरीसम्ममा मात्र मतपटपेटिकाहरु सदरमुकाम आइपुग्ने उनको भनाई छ । प्रतिनिधि सभा सदस्यका लागि एक र प्रदेश सभा सदस्यका लागि दुई निर्बाचन क्षेत्र रहेको पाँचथरमा एक लाख २५ हजार दुई सय १९ मतदाता संख्या रहेको छ । जिल्लामा ९ दलका २५ उम्मेद्धवार चुनावी मैदानमा छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ