arrow

बाजुरामा ७६ प्रतिशत मत खस्यो

logo
रमित बि.क.,
प्रकाशित २०७४ मंसिर १० आइतबार
bajura-district.png

बाजुरा । ३२ जिल्लामा आइतबार भएको पहिलो चरणको निर्वाचन अन्तर्गत बाजुरामा प्रतिनिधि र प्रदेश सभाको निर्वाचनमा उत्साहजनक रुपमा मतदान भएको छ ।

बाजुरामा ६९ हजार ८ सय ३४ जना मतदाता मध्ये ५३ हजार २ सय १४ जनाले मतदान गरेको जिल्ला निर्वाचन अधिकारी शुभद्रा शर्मा गौतमले जानकारी दिएका छन् । उनका अनुसार ७६.२० प्रतिशत मत खसेको भन्दै त्यसमा २७ हजार १ सय ४१ महिला र २५ हजार ७ सय ७३ जना पुरुषले मतदान गरेको बताए ।

 बाजुराका ७० वटा मतदान स्थल र १०० वटा मतदान केन्द्रमा आज विहान ७ बजेबाट एकैसाथ मतदान प्रक्रिया सुरु भएको जिल्ला निर्वाचन कार्यालय बाजुराले जनाएको छ । सबै ठाउँबाट आज वा भोली सम्ममा सदरमुकाममा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मतपेटिका ल्याउने तयारी भइरहेको उनले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ