arrow

खोटाङमा ५५ प्रतिशत मत खस्यो

logo
प्रकाशित २०७४ मंसिर १० आइतबार
khotang-district.png

खोटाङ । प्रदेश सभा तथा प्रतिनिधि सभा निर्वाचन अन्तर्गत खोटाङ मतदान सएिको छ, प्रमुख निर्वाचन अधिकृतको कार्यालयको अनुसार जिल्लाको १३६ स्थलको १८९ केन्द्रमा आईतबार मतदान सम्पन्न भएको छ ।जिल्लामा समग्रमा ५५ प्रतिशतको हारहारीमा मत खसेको  निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । स्थानिय तहको निर्वाचनमा भने खोटागमा ६३ प्रतिशत मतदान भएको थियो ।

भौगोलिक विकटता कारण संचार सम्पर्क हुन नसक्दा कतिपय स्थानको मतदानको विवरण बुझ्न समस्या सृजना भएको जनाईएको छ । मतदान पश्चात मतपेटीका शिलबन्दी गर्ने र सुरक्षित स्थानमा पुर्याउने काम भैरहेको प्रमुख जिल्ला अधिकारी एकदेव अधिकारीले बताए । जिल्लाका १९ स्थानमा मतपेटीका संकलन गरिने र सोमबार साझ सम्ममा सम्पूर्ण मतपेटीका जिल्ला सदरमुकाम ल्याईने व्यवस्था मिलाईएको जनाईएको छ ।

जिल्लामा निर्वाचन शान्तपूर्ण भएको तर केहि स्थानमा सामान्य तनाव सृजना भए पनि स्थिती सामान्य बनाई पुन मतदान गराइएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

मतदानको क्रममा जिल्लाको दिप्रुग गाउपालिका स्थित शान्ति मावि प्वालामा एकैघरका परिवारका सदस्यले बृद्धा बृद्धाको नाममा दुई तीन पटक सम्म मतदान गरेको भन्दै विवाद सृजना भएको थियो । विवादका कारण १ घण्टा मतदान रोकिएको थियो । विवादको क्रममा मतदातालाई कुटपिट गर्ने बाम गठबन्धन संबद्ध निरज राई र मेहरमान राईलाई प्रहरीले नियन्त्रणमा लिई पुन मतदान गराइएको थियो ।

यता सदरमुकाम दिक्तेल स्थित सरस्वती माविको केन्द्रको मतदान केन्द्रमा पनि सामान्य विवाद सृजना भएको थियो । विवाद सृजना भए पश्चात सुरक्षा स्थिती कडाई गरे संगै शान्तपूर्ण ढंगले निर्वाचन सम्पन्न भएको जनाईएको छ ।

खोटाङमा एउटा केन्द्रमा भने महिला कर्मचारीले मात्रै मतदान गराएका छन् । जिल्लाको रुपाकोट मझुवागढी नगरपालिका अन्र्तगतको पञ्च माध्यामिक विद्यालय मतदान केन्द्रमा मतदान अधिकृत कोपिला राईको कमाण्डमा पुरुष कर्मचारी विनै महिलाहरुले मतदान गराएका हुन् ।

निर्वाचन आयोगमा पनि मतदान गराउने कार्यमा महिला मात्र खटेको केन्द्रको रुपमा उक्त केन्द्र सूचिकृत भएको छ । महिलाले मात्र सम्भव हुन्न भन्ने सोच परिवर्तन गराउनकै लागि महिला कर्मचारी र सुरक्षाकर्मी मात्रको सहभागितामा मतदान गराउन खटिएको अधिकृत राईले प्रष्ट्याँदै मतदान प्रक्रिया अगाडी बढाउन कुनै असहज नभएको मतदान अधिकृत राईले जनाईन ।

जिल्लामा कोपिला सहित मतदान अधिकृतमा ५ जना महिला अधिकृत खटिएका थिए । सोही नगरपालिका–३ स्थित साबित्रा माबि बाम्राङको ‘ख’ केन्द्रमा गीता न्यौपानै भट्टराई, दिपु्रङ गाउँपालिका–स्थित याम्खाको ‘ख’ केन्द्रमा रसा प्रधान खटिएका हुन् । यस्तै लामिडाँडा गाउँपालिका तिर्पाको गुप्तेश्वर आधारभुत बिद्यालय केन्द्रमा बसन्तकुमारी श्रेष्ठ र खोटेहाङ गाउँपालिका वडकादियालेको गाबिस भवन केन्द्रमा मञ्जु राई मतदान अधिकृत रहेको जिल्ला निर्वाचन अधिकारी दिनेश खत्रीले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ