arrow

चर्चमा बलात्कार, आरोपी पक्राउ

logo
प्रकाशित २०७४ मंसिर ११ सोमबार
arrest_news.jpg

काठमाडौं । चर्चको शौचालयमा शनिबार एक युवतीको बलात्कार भएको छ । बुढानिलकण्ठस्थित एक चर्चको शौचालयमा बलात्कार गरेको आरोपमा महानगरीय प्रहरी वृत्त महाराजगञ्जले भंगाल बस्ने नुवाकोट थोपरेक–२ का २२ वर्षीय परीक्षण विकलाई पक्राउ गरेको छ ।

विकले शनिबार चर्चमा गएकी १६ वर्षीया युवतीको बलात्कार गरेको प्रहरीले जनाएको छ ।

शौचालयमा लगेर थुनेर आफूलाई बलात्कार गरेको पीडित युवतीले बताएकी छिन् ।

युवकलाई शनिबार नै पक्राउ गरी जबर्जस्ती करणी मुद्दामा प्रहरीले कारवाही अघि बढाएको छ । 

अभियुक्त विकले भने सहमतिमै आफूहरुबीच सम्बन्ध भएको दावी गरेका छन् । युवतीले भने अस्वीकार गरेकी छन् ।

दुवैजनाबीच पहिलेदेखि नै चिनजान रहेको प्रहरीले जनाएको छ । (नयाँ पत्रिका दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ