arrow

सवारी दुर्घटनामा चार जनाको मृत्यु 

logo
प्रकाशित २०७४ मंसिर ११ सोमबार
accident-final.jpeg

मलेखु । उत्तरी धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नं १ सल्यानटारमा सोमबार बिहान मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । 

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ध्रुवराज राउतका अनुसार सल्यानटारबाट आरुघाटतर्फ जाँदै गरेको बा८९प ७२७ नं को मोटरसाइकल भिरबाट खसेर दुुर्घटना भएको हो । 

मृत्यु हुनेमा जीतेन्द्र अधिकारी र भुवन पाण्डे रहेका छन् । 

यता, ट्रकले ठक्कर दिँदा आत्यबार राति कपिलवस्तुमा दुई जनाको मृत्यु भएको छ । 

बाणगंगा नगरपालिका–२ पिपरामा बुटवलबाट पश्चिम आउँदै गरेको ना२ख ९९२९ नंको ट्रकले विपरीत दिशाबाट जाँदै गरेको लु१६प ५२०५ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार रुपन्देही सैनामैना नगरपालिका वडा नं १ पर्रोवाका १८ वर्षीय राजेश थारु र २० वर्षीय प्रेम थारुको मृत्यु भएको इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक राजु कार्कीले जानकारी दिए । 

उनीहरुको घटनास्थलमै मृत्यु भएको हो । 

ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको र शव परीक्षणका लागि जिल्ला अस्पताल तौलिहवा पठाइएको प्रहरीले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ