arrow

पाँचथरमा सोमबार बिहान सम्ममा सदरमुकाम आइपुग्यो सवै मतपेटिका

मंसिर २१ गते बेलुका ५ बजेबाट मतगणना गरिने

logo
जितेन्द्र भण्डारी,
प्रकाशित २०७४ मंसिर ११ सोमबार
panchthar-district1.png

पाँचथर । पहिलो चरण अन्र्तगत प्रतिनिधी सभा तथा प्रदेश सभाको निर्वाचन अन्र्तगत पाँचथरमा भएको निर्वाचनको सम्पूर्ण मतपेटिका सोमबार बिहान ७ बजेसम्ममा सदरमुकाम फिदिममा ल्याइपुरयाइएको छ ।

ल्याइएको उक्त मतपेटिका जिल्ला समन्वय समितीको कबर्डहल अघि कर्मचारी मिलन केन्द्रको हल र नेपाल रेडक्रस सोसाइटी शाखा कार्यालय पाँचथरमा सिलवन्दी गरि राखिएको जिल्ला निर्वाचन अधिकारी धु्रव कुमार राईले जानकारी दिए ।

 प्रतिनिधी सभाको प्रत्यक्ष तर्फ र प्रदेश सभाको क्षेत्र नम्बर १ को कर्मचारी मिलन केन्द्र र समानुपाति र क्षेत्र नम्बर २ तर्फको मतपेटिका भने नेपाल रेडक्रस सोसाइटीको भवनमा राखिएको उनले वताए ।

यस्तै सर्वदलिय वैठक बसेर उक्त मतपेटिकाको सिलवन्दी गरेर आवश्यक सुरक्षा प्रबन्ध मिलाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । सर्वदलिय वैठक बसेर उक्त मतपत्रहरु आगामी मंसिर २१ गते बेलुका ५ बजेबाट गणना गरिने जिल्ला निर्वाचन अधिकारी राईले वताए ।

 पाँचथरमा शान्त वातावरणमा मतदान सम्पन्न भएको मुख्य निर्वाचन अधिकृत मनोज केशीले जानकारी दिए । १ सय वटा मतदान स्थल र १ सय ६५ वटा मतदान केन्द्रमा गरेर १ लाख २५ हजार २ सय १९ मतदाता रहेकोमा दुवै क्षेत्रमा गरेर ७७ हजार ८ सय ३ मत अर्थात ६२ प्रतिशत मत खसेको थियो ।  क्षेत्र नम्बर १ मा ४१ हजार २ सय ८० र क्षेत्र नम्बर २ मा ३६ हजार ५ सय २३ मत खसेको जिल्ला निर्वाचन कार्यालय पाँचथरले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ