arrow

तेस्रो मुलुकबाट आएका सात हजार कन्टेनर भारतले रोक्यो

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
61968943.jpeg
काठमाडौं। भारतले नेपालमाथि लगाएको अघोषित नाकाबन्दीका कारण तेस्रो मुलुकबाट कोलकाता हुँदै ल्याइएका सामान रहेको ६ हजार ९ सय कन्टेनर भारतीय भूमिमा रोकिएका छन् । नयाँ पत्रिका दैनिकमा समाचार छ ।
 
यीमध्ये कोलकाता बन्दरगाहमा २ हजार ४ सय कन्टेनर रोकेर राखिएका छन् भने बाँकी भारतीय भन्सार नाका र बाटोमा अड्किएका छन् । रोकिएका कन्टेनरको विलम्ब शुल्क मात्रै दैनिक अढाइ करोड रुपैयाँ तिर्नुपर्ने अवस्था रहेको कोलकातास्थित नेपाली महावाणिज्यदूत चन्द्रकुमार घिमिरेले जानकारी दिए ।
 
घिमिरेका अनुसार कोलकातामा पर्खेर बसेकाबाहेक तेस्रो मुलुकबाट आएर भारतमा अड्किएका कन्टेनरको संख्या मात्रै ३ हजार १ सय ५० रहेको छ । ‘नेपाल–भारत ६ वटा भन्सार नाकामा यी कन्टेनर रोकिएका छन्,’ महावाणिज्यदूत घिमिरेले कोलकाताबाट  टेलिफोनमा भने ।
 
जसअनुसार सबैभन्दा बढी रक्सौलमा मात्रै तेस्रो मुलुकबाट आएका २ हजार ५ सय कन्टेनर रोकिएका छन् । पूर्वका काँकडभिट्टा र नेपालगन्ज नाकामा कन्टेनर रोकिएका छैनन् भने नौतुनवा नाकामा डेढ सय र जोगबनी नाकामा ५ सय कन्टेनर रोकिएका छन् । यीमध्ये कोलकाताबाट नेपालतर्फ प्रस्थान हुन पर्खेर रहेका १ हजार कन्टेनर छन् । 
‘कोलकाताबाट नेपालतर्फ करिब ३ सय ५० कन्टेनर प्रस्थान गरेका छन्, तिनीहरू बाटामै छन्, भन्सारमा अवरोधका कारण रोकिने अवस्था छ,’ घिमिरे भने ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ