arrow

कांग्रेस नेता निधि अस्पतालबाट डिस्चार्ज

logo
प्रकाशित २०७४ मंसिर ११ सोमबार
nidhi3.jpg

काठमाडौं । पूर्ण रुपमा स्वस्थ्य भएपछि पूर्व उपप्रधानमन्त्री तथा नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि सोमबार ओम अस्पतालबाट डिस्चार्ज भएका छन् ।  डिस्चार्ज अघि आस्पतालका निर्देशक डाक्टर जागेश्वर गौतम, प्रशासन प्रबन्धक विजय प्याकुरेल लगायतले निधिको स्वस्थ्य जीवनको कामना गरेका थिए ।

लगातार ज्वरो आई छातीमा समेत समस्या देखिएपछि निधि गत मंसिर ४ गते अस्पतालमा भर्ना भएका थिए । स्वस्थ्य परीक्षणपछि उनि निमोनियाबाट ग्रस्त भएको पुष्टि गरिएको थियो ।

 पेटरोग विशेषज्ञ डा. राहुल पाठक, छाती रोग विशेषज्ञ डा. सुबोधसागर ढकाल लगायतको टोलीको उपचारपछि उनि पूर्ण रुपमा निको भएका हुन् । अस्पताल पुगेर  प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्व राष्ट्रपति डाक्टर रामवरण यादव, भारतीय राजदूत मञ्जीवसिंह पुरी लगायतले अस्पतालमा आएर निधिको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ