arrow

पर्सा ४ मा काँग्रेसमा प्रवेश गर्नेको सँख्या बढ्दै

logo
प्रकाशित २०७४ मंसिर ११ सोमबार

वीरगञ्ज । नेपाली काँग्रेसका तर्फबाट पर्सा क्षेत्र नम्बर ४ का लागि प्रतिनिधी सभा सदस्य पदका उम्मेदवार रमेश रिजालले सोमबार सयौं जनालाई पार्टी प्रवेश गराउनु भएको छ ।

आसन्न चुनावी अभियानका क्रममा सोमबार पर्साको धोविनीमा सम्पन्न पार्टी प्रवेश कार्यक्रममा नेता रिजालले अन्य विभिन्न पार्टीहरु परित्याग गरि आएका सयौं जनालाई अबिर तथा फुलमाला लगाई स्वागत गरेका हुन् ।

साथै नेता रिजालले आजै पर्साको कालीका माई गाउँपालिका अन्तर्गतको कटिमा घरदैलो कार्यक्रम समेत सम्पन्न गरेका छन् । कार्यक्रममा स्थानिय स्तरका काँग्रेसी नेता, कार्यकर्ता, सर्वसाधारण हरुको व्यापक उपस्थिती र समर्थ रहेको देखिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ