arrow

युएईविरुद्ध खेल्ने नेपाली क्रिकेट टोली तयार, को–को अटाए ?

logo
प्रकाशित २०७४ मंसिर ११ सोमबार
nepali_toli1.JPG

काठमाडौं । विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत युएईविरुद्धको अन्तिम चरणको दुई खेलका लागि पारस खड्काको कप्तानीमा १४ सदस्यीय नेपाली टोली घोषणा भएको छ ।

अन्तिम चरणको खेल डिसम्वरमा हुँदै छ । आइसीसी प्रतिनिधि अमिनुल इस्लाम, राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्का सम्मिलित छनोट समितिले टोली तयार पारेको हो ।

दोस्रो चरणको बन्द प्रशिक्षणमा सहभागि २० खेलाडीबाट अन्तिम टोली छनोट गरिएको नेपाली टोलीका म्यानेजर रमन शिवाकोटीले बताए ।

यो टोलीमा हङकङविरुद्धको खेलमा नरहेका स्पिनर शक्ति गौचन टोलीमा अटाएका छन् भने, त्यही टोलीमा परेका सुशील कँडेल बाहिरिएका छन् । यस्तै दीलिप नाथ पनि १४ जनाभित्र अटाएका छन् ।

२० सदस्यीय सूचीमा परेका सुशीलसँगै हसिम अन्सारी भने बाहिरिएका छन् । कुशाल भुर्तेल, जितेन्द्र कुमार मुखिया, सिद्दान्त लोहली र १९ वर्षमुनिको टोलीका  अनिल कुमार शाह वैकल्पिकभित्र छन् ।

वैकल्पिकमध्ये अनिल र कुशल नेपाली टोलीसँगै अतिरिक्त खेलाडीको रुपमा युएई जाने बताइएको छ ।

नेपाली टोली वुधबार एत्तिहाद एअरवेजबाट युएई जानेछ । युएई टूरमा नेपालले अमेरिका र केन्यासँग डिसेम्वर १ र ३ मा अभ्यास खेलसमेत खेल्ने तालिका छ ।

सातौँ चरणको खेलमा नेपाल र युएईबीच आगामी डिसेम्बर ६ र ८ मा अवुधावीको शेख जायेद रङ्गशालामा खेल हुनेछ ।

टोलीमा को–को परे ?
पारस खड्का (कप्तान)
ज्ञानेन्द्र मल्ल
शरद भेषावकर
वसन्त रेग्मी
सोमपाल कामी
शक्ति गौचन
विनोद भण्डारी
सागर पुन
करण केसी
दीपेन्द्रसिंह ऐरी
सन्दीप लामिछाने
ललितसिंह भण्डारी
आरिफ शेख
दिलिप नाथ

वैकल्पिक खेलाडी
जितेन्द्र मुखिया
कुशाल भुर्तेल
अनिल कुमार शाह
शिद्दान्त लोहनी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ