arrow

झोलामा २६ लाख बोकेका राजकुमार हिड्दा–हिड्दै पक्राउ

logo
प्रकाशित २०७४ मंसिर ११ सोमबार
painsa.JPG

काठमाडौं । प्रहरीले २६ लाख १५ हजार रुपैयाँ बोकेर हिँडेका राजकुमार श्रेष्ठलाई पक्राउ गरेको छ । नुवाकोट भद्रटार–२ का २३ वर्षीय राजकुमारले बोकेको रकमको स्रोत नखुलेको भन्दै प्रहरीले पक्राउ गरेको हो ।

राजकुमार काठमाडौं महानगरपालिका–२९ गल्कोपाखाबाट पक्राउ परे । प्रहरीले ‘राजस्वको विषय आकर्षित हुने देखिएकाले पक्राउपछि राजकुमारलाई राजस्वको जिम्मा लगाएको’ भनेको छ ।

रानीबारी बस्दै आएका श्रेष्ठ मोटरसाइकलमा ठमेलतिर गइरहेका बेला प्रहरीले  गल्कोपाखामा रोकेर खानतलासी गरेको थियो । महानगरीय प्रहरी वृत्त लैनचउरको टोलीले राजकुमारको साथमा रहेको झोलाबाट २६ लाख १५ हजार रुपैयाँ नगद र अन्य केही बिल भर्पाइ नियन्त्रणमा लियो ।

‘सुराकीको सूचनाका आधारमा प्रहरीले खानतलासी गरेको थियो । उनको साथमा भेटिएको रकमको स्रोत खुल्न नसकेकाले पक्राउ गरिएको हो’, महानगरीय प्रहरी वृत्त लैनचाैरका प्रमुख डिएसपी दीपक पौडेलले भनेका छन् । प्रहरी बयानमा राजकुमारले नयाँ बसपार्कमा भ्यु टावर बनाउन ठूलो परिमाणको रकम बोकेर हिँडेको बताएका छन् । बयानपछि प्रहरीले श्रेष्ठलाई राजस्वको जिम्मा लगाइदिएको छ ।

राष्ट्र बैंकले १० लाख बढीको कारोबार नगदमा नगर्न सूचित गरिसकेको छ । १० लाख भन्दा बढीको कारोबार चेकबाट गर्नुपर्ने व्यवस्था समेत छ । पछिल्लो समय संसदमा कारोबारलाई विद्युतीय प्रणालीमा लैजानु पर्ने भनि सार्वजनिक महत्वको प्रस्ताव समेत दर्ता भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ