arrow

प्रिय नेता डा. शशांकका पक्षमा

logo
भुमि चापागाँई,
प्रकाशित २०७४ मंसिर १२ मंगलबार
shashanka-koirala.jpg.jpeg

नेपाली काँग्रेसका महामन्त्री डा. शशाँक कोईराला यतिबेला नवलपुर क्षेत्र नंः १ मा नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधि सभा उम्मेदवार छन् । 

लगातार यसै क्षेत्रबाट जित हासिल गरेका कोईराला यस पटक पनि जित हासिल गरेर आफ्ना अधुरा काम पुरा गर्ने योजनामा छन् । उनी भन्छन्, यस अघि मलाई संविधान बनाउन पठाउनु भयो, मैले संविधान निमार्णका लागि योगदान गरे, अव मेरो सपना यस क्षेत्रको विकास हो, आगामि ५ बर्षमा म यस क्षेत्रको विकासका लागि मेरो समय समर्पित गर्न चाहन्छु । 

कोइरालाले यसो भनिरहँदा उनले यस अघि यस क्षेत्रको विकासका लागि धेरै काम गरिसकेका छन् । विशेषतः स्थानीय जनतालाई सुन्ने क्षमता, धैर्यता र कुरा बुझ्ने कला उनमा रहेको उनका कार्यकर्तादेखि लिएर उनी समक्ष पुग्ने विपक्षीहरुले समेत बताउँछन् । 

जनतालाई पार्टी बिशेषको कार्यकर्ताका रुपमा भन्दा पनि आम नेपालीका रुपमा हेर्नुपर्ने उनको व्यवहारवाट देखिन्छ । समस्या लिएर जाने जुनसकै पार्टिका कार्यकर्ता भए पनि आफुले समाधान गरेर हुनेसम्म उनि सबैलाई सहयोग गर्न तयार देखिन्छन् । 

मेरो पार्टि वा विपक्षी नभनिकन सबैको काम गर्ने नेता भएका कारणले पनि उनीप्रतिको दृष्टिकोण पार्टी भित्रमात्र नभएर विपक्षिमा समेत निकै सकारात्मक देखिन्छ । 

डा. कोईरालालाई सबैका लागि सहज पहुँच भएका साझा नेताकारुपमा आम नेपालीहरुले लिने गर्दछन् । 

कोईरालाका मतदातादेखि विपक्षिहरु समेत नवलपुर १ ले बास्तवमै नेता भन्न लायक मान्छेलाई नेताका रुपमा पाएर यो क्षेत्र वास्तवमै भाग्यमानि रहेको बताउँछन् । 

कोईराला आफैले पनि जनताले आफ्नो अमुल्य मत दिएर नेता बनाए पछि म उनीहरुको सुखदुःखमा सकेसम्म जसरी पनि सहभागि हुनु पर्छ भन्छन् । त्यसैले त उनि कहिले विवाह–उत्सवमा खुसी बाढ्न, शुभकामना तथा बधाई दिनका लागि नवलपुर भेटिन्छन् त कहिले हस्पिटलमा विरामिलाई भेट्नका लागि त कहिले नारायणी तथा देवघाट र आर्यघाटमा आफ्ना प्यारा जनताको मृत्युमा शोक प्रकट गर्दै अन्तिम श्रद्धाञ्जली दिनका लागि पुगेका भेटिन्छन् । 

सबैको समस्या, दुःख, पिरमर्का र अप्ठेरोमा साथि बनिदिन सक्ने, सहयोग गर्न सक्ने पो नेता त भन्दै कोईरालाका तारिफ गर्नेहरु प्रशस्तै भेटिन्छन् । 

हुन पनि उनि विरामी परेर काठमाण्डौमा अलपत्र परेका देखि हस्पिटलमा आईसियु नपाएर छटपटिएका सम्मलाई सहयोग गर्ने र हस्पिटलमै गएर भेट्ने अनि सान्त्वना दिने गर्दछन् । 

आर्थिक अभावमा उपचारमा छटपटिएकाहरुलाई अस्पताललाई अनुरोध गरेर हुन्छ या आफैले सहयोग गरेर हुन्छ सकेसम्म बचाउने उनको प्रयत्न रहेको हुन्छ । 

परिवारमा पर्ने विपद्, दुखमा सकेसम्म आफै पुग्नु पर्छ र घरपरिवारलाई सान्त्वना तथा समबेदना प्रकट गर्नु पर्छ भन्ने उनको भावनालाई सबै जनताले हृदयान्तरबाट प्रशंसा गर्दछन् । 

सबैको ढुकढुकिमा भएकै कारणले होला सायद उनि यस अघि जटिल प्रकृतिको विरामी परेर अस्पतालमा मृत्युसँग संर्घष गरिरहदा नवलपुर तथा आसपासका क्षेत्रका घर–घरमा चोक–चोकमा अनि मन्दिर–मन्दिरमा उनको शिघ्र स्वास्थ्य लाभ र दिर्घायुका लागि मानिसले कामना गरिरहेका थिए । 

उनका नाममा पुजा आराधना अनि धार्मिक अनुष्ठानहरु समेत लगाईएका थिए । त्यति बेला भगवानसँग सबैको एउटै अपेक्षा थियो, जे जसरी भए पनि आफ्ना प्यारा नेतालाई सकुशल निको पारिदिनु । 

उनलाई अस्पताल राखेदेखि निको नहुञ्जेलसम्म हरेक दिन ओम हस्पिटलमा उनका शुभ चिन्तक, शुभेच्छुकहरुको ठुलो भिडभाड भयो । आफ्ना नेताको जिवन रक्षार्थ नलागुन पनि कसरी? 

आफ्ना हरेक सुखदुःखमा साथ दिने सहयोगि, कुशल मार्गदशकका रुपमा डा.कोईरालाले आफ्नो परिचय बनाईसकेका थिए । 

त्यत्ति मात्र नभइ डा. कोईरालाले नै नवलपुरलाई सिंहदरवार र वालुवाटारसम्म जोड्ने पुलको काम गरेका छन् । 

विकासका ठूला ठूला योजना उनकै अग्रसरता र प्रयासमा भएका छन् । 

नवलपुर क्षेत्रको विकासका लागि आफुले सकेसम्मको प्रयास गरेका छन् । 

विजुली विस्तार, बाटो निमार्ण, विद्यालय पूर्वाधार निमार्ण, खानेपानि आयोजनाहरुको निमार्ण, खेलकुद विकास, स्वास्थ्य क्षेत्र सुधार तथा विकास, धार्मिक मठमन्दिरहरुको पुर्वाधार निमार्ण तथा विकास उनले गरेका महत्वपूर्ण कार्यहरु हुन । 

डा.कोईरालाले गरेका कामहरु उनी आफै भन्दैनन । मैले जनताका लागि गर्ने भनेर चुनिएर आए पछि मैले गर्नुपर्छ तर यो गरे त्यो गरे भनेर मैले जनतासँग हिसावकिताव गर्ने होईन, किनकि मलाई जिताएर पठाएको नै गर्नका लागि हो भन्ने कोईरालाको कथन छ । 

जनताका कुरा झर्को नमानीकन, धैर्यताका साथ महत्व दिएर सुनिदिने र आफ्नो माध्यामबाट, आफुले गरेर हुने र गर्न मिल्ने कामका लागि उत्तिनै खेर समाधानका लागि पहल गरिदिने भएकाले पनि काईरालावाट सामाजिक काम गर्ने गराउनेदेखि व्यक्तिगत कामका लागि समेत भनसुन गराउँने धेरै भेटिन्छन् ।  

आफु राम्रो भएको देखाउनका लागि अरुलाई निचो देखाउनु ठुलो गल्ति ठान्ने कोईराला अरुलाई गालि गरेर, अरुका नराम्रा कुराहरुको फेहरिस्त बाहिर ल्याएर भन्दा पनि आफ्ना योजनाहरु, आफ्ना सपनाहरु, आफुले गर्ने कामका वारेमा जनतालाई सुसूचित गराउँनु पर्नेमा जोड दिन्छन् । 

जो सँग आफ्ना योजना छैनन् उसले अरुका वारेमा नकारात्मक टिकाटिप्पणि गरेर, गालि गरेर, तथानाम लाञ्छनाहरु लगाएर जनतामा भ्रम र विष छर्ने काम गर्छन, यस्तो कार्य भनेको एक किसिमको अपराध हो भन्छन् कोईराला ।

स्थानीय विकास तथा राष्टिय विकासका सम्बन्धमा आफ्ना धारणा वाहिर ल्याउनु भन्दा पहिला सरोकारवालाहरु, सम्बन्धित विषयका विज्ञहरुसँगको परामर्श, र छलफल पश्चात मात्रै आफ्ना धारणा सार्वजनिक गर्छन । 

कोईरालाले परामर्श तथा छलफल गर्ने विभिन्न विधाका विज्ञहरु छन् जसले निरन्तर आन्तरिक तथा बाह्य परिबेश र सन्दर्भका वारेमा कोईरालालाई जानकारी गराउने तथा विचार विमर्श गरिरहन्छन् । 

तसर्थ कोईराला एक व्यक्ति भन्दा पनि सुव्यवस्थित संस्था हुन भन्दा अत्युक्ति हुदैन । यसर्थ उनले दिने अभिव्यक्तिहरुमा दिर्घकालिन अर्थ र महत्व रहेको हुन्छ । 

अहिले निर्वाचन कार्यक्रममा उनि आफ्नो क्षेत्र नवलपुरमा छन्, निर्वाचनको मुखमै आउँदा पनि उनि जनतालाई भोट मलाई नै दिनुस भन्ने भन्दा पनि निर्वाचनमा सहभागि भई चुनाव सफल पारिदिनुहोस भन्ने आग्रह गर्छन । 

कोईराला भन्छन् म नेपाली काँग्रेसको महामन्त्री भएकोले गर्दा पनि म त भन्छु सकेसम्म लोकतान्त्रिक शक्ति नेपाली काँग्रेसलाई नै भोट दिनुस, किनकि मुलुकको संबृद्धि नेपाली कांग्रेसबाट नै संभव छ, बाँकि तपाई आफ्नो विवेक प्रयोग गर्नुहोस । 

देशका लागि निर्वाचन आवश्यक छ, निर्वाचन सफल बनाउनका लागि हामी सबै निर्वाचनमा सहभागि हुनु जरुरी छ भन्दै सबै जनतालाई निर्वाचनमा भाग लिन अनुरोध गर्छन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ