arrow

ओलीको अभिव्यक्ति संकीर्ण मानसिकताको उपज – अशोक राई 

logo
प्रकाशित २०७४ मंसिर १२ मंगलबार
ashok-rai-news-aaja.jpeg

धरान । संयुक्त लोकतान्त्रिक गठबन्धनका साझा उमेद्वार अशोक राइले नेकपा एमाले छुद्र ब्यबहार र  द्वैध चरित्र भएको दल भएकाले एमालेलाई विश्वास गर्न नसकिने बताएका छन् ।

लोकतन्त्रमा विरोध ,आलोचना हुने भएपनि आफ्नो कसैले विरोध गर्यो भने त्यसको उछितो काड्ने , छुद्र बोलीवचन  र ब्यबहार देखाउने तथा त्यस्तै तल्लो स्तरको अभिव्यक्ति दिने संकीर्ण साँघुरो सोच राष्ट्रिय राजनीतिमा देखिनु दुःखद भएको रार्इको भनाइ छ ।

एमाले अध्यक्ष केपी ओलीले पोखरामा बिपी कोइरालाको बारेमा दिएको अभिव्यक्ति छुद्र र संकीर्ण मानसिकताको उपज भएको राईले बताए । उनले भने,  ‘राष्ट्रिय राजनीतिमा एउटा उचाई भएको पूर्व प्रधानमन्त्री जस्तो मान्छेले  बोल्न नसुहाउने एकदमै तल्लो स्तरको छुद्र कुरा बोल्नु भएको छ जुन खेद जनक छ ।’

संघीय समाजबादी फोरमका वरिष्ठ नेतासमेत रहेका रार्इले प्रश्न गर्दै भने, ‘अब चाँडै नै नेपाली कांग्रेसका कार्यकर्ताहरुलाई समबेदना दिने दिन आउँदैछ भनेर कसैले पनि बोल्न नहुने छुद्र कुरा एमाले अध्यक्ष जस्तो राष्ट्रिय नेताले, प्रधानमन्त्री भैसकेको जिम्मेवार मान्छेले बोल्न मिल्छ ?’ 

 सुनसरी निर्बाचन क्षेत्र नम्बर १ बाट लोकतान्त्रिक गठबन्धनका साझा उमेद्वार रार्इले ‘मदन भण्डारी बाँचिरहेको भए केपी ओलीलार्इ अहिले घोक्रे ठ्याक लगाएर गलहत्याएर बाहिर निकाल्नु हुन्थ्यो ’भनेर छुद्रता पुर्बक आफुले पनि बोल्न सक्ने बताउँदै एमाले अध्यक्षले जस्तो नैतिक सिमा र मर्यादा र भद्रताको सिमा नाघेर आफुहरुले त्यस्तो अभिव्यक्ति नदिने बताए ।

 लोकतन्त्रमा आरोप प्रत्यारोप चलिरहने भएपनि नेकपा एमालेलाई कुनै कुरामा थोरै चित्त नबुझ्ने बित्तिकै तल्लो स्तरमा झरेर हुर्मत लिने गरेको नेता रार्इको भनाइ छ ।  

उनी भन्छन्, ‘राष्ट्रिय राजनीतिको एउटा दलको मुख्य नेताले यस्ता छुद्र कुरा गर्नु सोच्नसम्म नसकिने बिषय हो ।”   नेकपा एमालेले बोली र ब्यबहारको नैतिक सिमा नाघिसकेको उनको भनाइ छ । 

धरान वडा नम्बर पन्ध्रमा संयुक्त लोकतान्त्रिक गठबन्धनको घर दैलो कार्यक्रम पछिीभएको चुनाबी सभालाई सम्बोधन गर्दै  सुनसरी एक बाट प्रतिनिधि सभाका प्रत्यक्ष उमेद्वार राइले सो कुरा बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ