arrow

हामी कस्तो संसद चाहन्छौ ?

logo
रेनुका पौडेल 
प्रकाशित २०७४ मंसिर १२ मंगलबार
renuka1.jpg

काठमाडौं । ''यो देशमा सिस्टम भएन" ,"एउटा सिस्टम बसाल्न सकेको भए कति सजिलो हुने थियो, हाम्रोमा नेता नै भएनन् , नेताले देश बिगारे " जीवनको कुनै न कुनै क्षणमा अधिकाश हामी नेपाली नागरिकको मुखबाट निस्कने शब्द हुन् यी , सायद यस्तो व्यक्ति कोहि नहोस जसले यी बाक्यहरु नभनेको अथवा नसुनेको होस् । हो हामीले भन्ने गरेको त्यहि सिस्टम बसाल्नका लागि बलियो  कानुन ,  नीति नियमको आवस्यकता पर्छ र त्यो नीति बनाउने नेताले नै हो कस्तो नीति निर्माण हुन्छ भन्ने कुरा हामीले कस्तो नेतृत्व चुन्छौ त्यसैमा नै भर पर्ने गर्छ।

निक्कै लामो रस्साकस्सि पछि संबिधान सभाबाट लोकतान्त्रिक संबिधान जारी भयो र त्यहि  संबिधानको कार्यन्वयन अन्तर्गत स्थानीय तहको निर्वाचन सम्पन्न पश्चात प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गर्ने चरणमा प्रवेश गरेका छौ हामी। हामी नागरिकले चुनेका प्रतिनिधिले संसद भित्र हाम्रो आवाजलाई / हाम्रो भावनालाई अझै भन्नुपर्दा मुलुक र जनताको हितलाई प्रतिनिधित्व गर्न सक्छन कि सक्दैनन् प्रतिनिधि छनोटका सन्दर्भमा सबैभन्दा महत्वपूर्ण बिषय यहि हो र हुनुपर्छ पनि ।

पहिलो चरणको निर्वाचन सम्पन्न भईसकेको छ भने दोश्रो चरण अन्तर्गत यति बेला प्रतिनिधि सभा र प्रदेश सभाका उम्मेदबारहरु उम्मेदवारी दर्ता पछि  जनताको घर दैलोमा मत माग्न ब्यस्त छन्  । नेताले विवेक पुर्याएनन भनेर गाली गर्नु भन्दा त्यहि नेता चुन्ने बेलामा हामीले नै बिबेक पुर्याउनु पर्छ हो हामीले बिबेक पुर्याउने बेला यहि हो ता कि पछि पछुताउन र नेतृत्वलार्इ गाली गर्नु नपरोस ।

बिगतमा हामीले चुनेका प्रतिनिधिले सार्वजनिक चासोका,  सरोकारका बिषयमा संसद भित्र कति बहस,  पैरवी गरे आफूलाई बिश्वास गरेका मतदाता प्रति कति जवाफदेही र जिम्मेबार बने, कति इमान्दारी, निर्भिकता र निष्ठाका साथ  आफ्नो कार्यकाल भित्र नीति निर्माणको तहमा कति हस्तक्षेप गर्न सके र समग्रमा उनीहरुको भूमिका कस्तो रह्यो त्यो बारेमा हामि सुसुचित हुनै पर्छ । हामीले अब बन्ने संघिय संसद कस्तो होस् भन्ने सोच्छौ ? हामीले  सोचे जस्तो होला कि नहोला ? कस्तो होला त भनेर कल्पना गर्दै गर्दा  बिगतको संसद कस्तो रह्यो र त्यहा भित्र हाम्रा साम्सदहरुको भूमिका के कस्तो रह्यो अलिकति चर्चा गर्नै पर्छ ।

पछिल्लो एक दसक लाई हेर्ने हो भने संबिधान सभाबाट  संबिधान निर्माणका दौरान होस् अथवा  रुपान्तरित संसदमा सदस्यको हैसियतले संसद भित्र होस् अथवा संसद बाहिर सार्बजनिक नीति निर्माण तथा  चिन्ता र चासोका बिषयमा भाग लिने, स्पस्ट दृष्टिकोण राख्ने र जनताको मर्म तथा भावानालाई प्रतिनिधित्व गर्ने सन्दर्भमा सबै भन्दा अब्बल र सक्षम गगन थापा नै देखिए उनि जस्तै अरु सांसदको साथ् होस् अथवा एक्लै हुन् सार्वजनिक सरोकारका बिषयमा निरन्तर नेतृत्व , खबरदारी बहस र पैरवी गरिरहे र जनताको भावानालाई / आवाजलाई मुखरित गरिरहे । 

संबिधान निर्माणका दौरान छलफल आयोजना गर्दै बहस र अन्तरक्रियामा सक्रियता पूर्वक भाग लिदै आफ्नो रचनात्मक दृस्टिकोण सहित प्रस्तुत हुने थापा समाबेसिता र सामाजिक न्यायको सन्दर्भमा मानव अधिकार, आमाको नामबाट नागरिकता , दलितको अधिकार,  महिलाको अधिकार,  बालबालिकाको अधिकार,  जेष्ठ नागरिक,  युवा,  मधेसी , जनजाति अल्पसंख्यक , सिमान्तकृत, पिछडिएको वर्ग क्षेत्र समुदायका अधिकारलाई संबिधानमा नै सुनिस्चित गर्न निरन्तर लागे र उनको त्यो प्रयास पनि सफल भयो जुन कुराहरु संबिधानमा लिपिबद्ध भएका छन् ।

स्वास्थ्य क्षेत्र सुधारका माग राखेर डा गोबिन्द केसी पटक पटक आमरण अनसन बस्दा होस् वा तत्कालिन अख्तियार प्रमुख कार्की  बिरुद्धको महाअभियोगको मुद्दामा होस्, केसीका माग पुरा गरुन, उनको अनसन अन्त्य होस्, कार्की बिरुद्ध महाअभियोग लागोस र उनलाई जिम्मेबारी मुक्त गर्न सदन भित्र सबैले बोलिदिउन भन्ने जनताको इच्छा थियो , सबैले नबोले पछि  धेरैले बोलिदिउन भन्ने थियो, धेरैले नि नबोले पछि ऎ बाबा कोहि त बोलोस् भन्ने अबस्था थियो । हाम्रो आवाजलाई सासदहरु कसैले नसुन्दा र नबोल्दा हामि कति निरिह र लाचार भएको अनुभूति गरेका थियौ त्यो बेला । यी मुद्दामा तेतिबेला लाखौ जनताले एक्यबद्धता  प्रकट गरेका थिए, सडकमा त हजारौ उत्रेका थिए भने तिनै सडकमा उत्रेका हजारौ र  एक्यबद्धता प्रकट गर्ने लाखौ मतदाताले  चुनेका प्रतिनिधि  सदनमा कि त मौन  थिए कि त मुद्दाको बिरोधमा थिए, अरु सासदहरु व्यक्तिगत लाभ हानीको हिसाब गर्दै थिए होला कि त पार्टी नेतृत्वको इशारा कुर्दै थिए होला संसदमा गोविन्द केसीका मुद्दा बोलिदिनेसम्म कोहि भएन-सधै एकजना उभिए ति गगन थापा थिए। लोकमान विरुद्ध महाअभियोगको प्रस्ताव संसदमा प्रवेश गराउन ६०१ सांसदमा कोहि  तयार भएनन, तिनै गगन थापा थिए जसले सदनमा महाअभियोगको बिषयलाई प्रवेश गराए । ६०१ को त्यो भिडमा जनताको आवाज सुन्ने र त्यसलाई प्रतिनिधित्व गर्दै आफ्नो बिबेक प्रयोग गर्ने थापा एक्ला थिए ।

एनसेल कर छली प्रकरण होस् अथवा भ्रस्टाचारको आरोप लागेको व्यक्ति उम्मेदबार बन्न नपाउने मुद्दा होस् थापाले सधै जनताको भावना नै बोले । भारतीय नाकाबन्दीका बिरुद्ध सडकमा आयोजित नागरिक सभालाई सम्बोधन गर्दै " नाकाबन्दी  मानवता बिरुद्धको अपराध हो यो बाटो निन्दनीय छ " भन्दै नाकाबन्दीको बिरुद्ध सडकमा उत्रे । सार्वजनिक शिक्षा, स्वास्थ्य , सार्वजनिक यातायात र सडकका बारेमा उनले राखेका जनपक्षीय अडानहरु, भूकम्पका बेला, तराइ डुबेको र पहाड बगेको बेला आफ्ना सहयोगी र शुभचिन्तकको सहयोगमा राहत, उद्दार र पुनर्निमाणमा उनको सक्रियता र परीचालन गरेका सयम्त्रहरु गर्व गर्न लायक काम हुन् ।

व्यबस्थापिका संसद अन्तर्गत कृषि तथा जलस्रोत समितिको सभापति हुदा होस् अथवा छोटो समय स्वास्थ्य मन्त्रीको रुपमा होस् स्वास्थ्यको क्षेत्रमा स्वास्थ्य बिमा, निसुल्क मिर्गौला प्रत्यारोपण , मुटु, बाथ रोग , निसुल्क औसधि , बिसिस्टको उपचार खर्च कटौति , प्राथमिक स्वास्थ्य चौकीमा उपकरण पुर्याउने तथा जनशक्ति ब्यबस्थापनको क्षेत्रमा उनले गरेका निर्यण र अपनाएका नीतिहरुले जनताको जनजीविकामा दिर्घकालिन प्रभाव / महत्व राख्ने खालका छन् ।

काठमाण्डौका साम्सदहरुसंग मिलेर आफुले नेतृत्व गर्दै "लिभेवल काठमाण्डौ " को लागि अभियान चलाएका छन् भने आफ्नो निर्वाचन क्षेत्र अन्तर्गत सांसद कार्यालय खडा गरेर आफ्नो सम्पुर्ण तलब भत्ता क्षेत्रमा नै खर्चेका छन्, त्यहि कार्यालय मार्फत क्षेत्रका सम्पुर्ण कामहरु गरिरहेका छन् जहा केहि स्वयंसेवीहरुले सहयोग गरेका छन् ।तत्कालिन २४० निर्वाचन क्षेत्र मध्य सायद यस्तो मात्रै एउटा निर्वाचन क्षेत्र होला जहा बिज्ञहरु सहितको  सासद कार्यालय संचालनमा छ, त्यसैले अन्य क्षेत्रका भन्दा यो क्षेत्रका मतदाता भाग्यमानि पनि हुन् जसले थापालाई आफ्नो प्रतिनिधिको रुपमा पाएका छन् ।

कांग्रेसी युवाहरु संगको कुराकानीमा  डा केसीले "मेरा सबै आन्दोलनमा कोहि सांसद नबोल्दा पनि बोल्नु भएको हो र सधै साथ् दिनुभएको छ उहाँ जस्तो व्यक्ति सदनमा आउनु पर्छ, जनताले जिताउनुपर्छ भनेर थापाका बारेमा भनेका छन् । "गगन थापा जस्ता आटिला र स्पस्ट बक्ता उम्मेदबार मेरो क्षेत्रमा पनि भईदिए" सामाजिक संजाल टिवटरमा केदार शर्माले ट्वीट गरेका छन् ।

पूर्व स्वास्थ्यमन्त्री गगन थापालाइ लक्षित गर्दै वरिष्ठ आँखारोग बिषेशज्ञ डा. सन्दुक रुइतले एक टेलिभिजन अन्तर्वार्तामा भनेका छन् "यहि सिस्टम (भइरहेका पार्टीहरु) भित्रपनि यस्तो अद्भूत क्षमता र कार्यदक्षता भएका व्यक्ति रहेछन्, जसलाई मैले अघिल्लो स्वास्थ्य मन्त्रालयमा देखे | मलाई उहाँहरुबाटै देश परिवर्तन हुन्छ भन्ने आशा छ" । पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो  कार्यकालको अन्त्यमा सरकारका उपलब्धि पढेर सुनाउदा अन्य भन्दा स्वास्थ्य क्षेत्रका नै धेरै थिए ।

"विश्व स्वास्थ्य संगठनको सम्मेलनमा नेपालको तर्फबाट अहिले सम्मकै सबै भन्दा राम्रो प्रस्तुति भएको र स्वास्थ्य क्षेत्रका मुद्दालाई यति छिट्टै बुझेर त्यसै अनुरुप काम गर्न सक्ने मन्त्रि  मन्त्रालयले पहिलो पटक पाएको हो" भनेर हालकी स्वास्थ्य सचिव किरण रेग्मीले पनि एक कार्यक्रम मा भनेकी थिईन । प्रतिनिधि सभा सदस्यका लागि काठमाण्डौ क्षेत्र न. ४ बाट उम्मेदबार बनेका थापाले आफ्नो अपिलमा "सांसदको रुपमा काम गर्दा मैले पार्टीले लिएको पक्षधरतालाई कहिल्यै हेरिँन,व्यक्तिगत लाभहानीलाई सधैं उपेक्षा गरें । संसदभित्र बरु दलीय 
सिन्डिकेटलाई भत्काउन तयार भएं तर जनभावनालाई जहिल्लै शिरोधार्य गरें । संसदभित्र र बाहिर सधैं सत्य, न्याय र विधिको पक्षमा आफ्नो ब्रम्हले देखेको कुरा निर्धक्क बोल्दै र लड्दै आएको छु, मैले अन्यायलाई सहेर बस्ने सहज बाटोलाई सदैव अस्वीकार गर्दै आएको छु । जनताले भोग्नुपरेका समस्यालाई संसदको चासोको विषय बनाउन संसदभित्र र बाहिर म सदैव रचनात्मक रुपमा उपस्थित भएको छु । जनजिविकाका सवालमा जनताले भोगेका हरेक समस्यालाई मैले संसदसम्म पुर्या्उन कुनै कसर बाँकी राखेको छैन । संसद वाहिर तपाईहरूसंगै उभिएर लडेको छु भने सांसदको रुपमा अन्तराष्ट्रिय मञ्चहरूमा समेत नेपालजस्तो कम विकसित देशहरूको अधिकारका लागि पक्षपोषण गर्ने र नेपालका मुद्दाहरू समावेश गराउन समेत पहल गर्दै आएको छु " लेखेका छन् । 

जनताको प्रतिनिधिले के गर्नु पर्छ , एउटा प्रतिनिधिले कति सम्म गर्न सक्छ र गर्नु पर्छ, सार्वजनिक चासो र सरोकारका बिसयमा कति गहिराईमा पुगेर अध्ययन ,अनुसन्धान  गर्न सक्छ , कुन हदसम्म बहस गर्न  सक्छ , लोककल्याणकारी नीति निर्माण गर्न कसरी सकिन्छ र जनपक्षीय नीति मार्फत कसरी जनताको अबस्था सुधार गर्न सकिन्छ भन्ने हाम्रो परिवेशमा थापा गतिलो उदाहरण बनेका छन् ।

न एउटै व्यक्तिले सबै समस्याको समाधान गर्न सक्छ न एउटै व्यक्ति मात्र समस्याको कारक हुन्छ,  एउटै व्यक्तिले सबै समस्याको समाधान एकाएक गर्ने होईन र सक्दैन पनि तर त्यहि एउटा व्यक्ति हाम्रो समस्या समाधानको बाटोतर्फ़ अग्रसर हुन्छ कि हुदैन र त्यसको नेतृत्व गर्न तयार र तत्पर हुञ्छ कि हुदैन प्रतिनिधि छनोटका सन्दर्भमा हामीले बुझ्नु पर्ने कुरा यहि हो । हामी कस्तो संसद बनाउन चाहन्छौ ? त्यो हाम्रै हातमा छ, पार्टीको ह्वीप यस भन्ने वा जनताको मन भित्रको भावनालाई प्रतिनिधित्व गर्न सक्ने, जनताको पक्षमा बोल्ने जनताको पक्षमा अडान लिने ? हो हामीले दिएको मतादेशलाई दायित्वबोध गर्दै हाम्रा सरोकारका बिषयमा गहिरो चासो दिएर जनताका पक्षमा बोल्ने र काम गर्ने, हामीले भन्ने जस्तो "सिस्टम" बसाउने प्रतिनिधि चाहिएको छ बाँकी त नागरिकले आफ्नो कर्म गर्नु छदै छ । 

हाम्रो आवाजलाई सांसदहरु कसैले नसुन्दा र नबोल्दा हामी कति निरिह र लाचार भएको अनुभूति गरेका थियौ त्यो बेला, निर्वाचनको बेलामा जनता बलियो हुन्छन नै, हामी बलियो भएका छौ, निरीह भएको त्यो क्षण स्मरण गर्दै अझै बलियो भएर हामीले बिबेक प्रयोग गर्नु पर्छ यो बेला । आफ्नो स्वार्थ जोडिएका मुद्दामा  सांसदहरुले पक्ष र बिपक्षमा बहसमा भाग लिन नपाउने संसदीय मान्यता बिरुद्ध आफ्नै स्वार्थ सुरक्षित गर्न मात्रै लागेका सांसद पनि देखेका थियौ हामीले अघिल्लो सदनमा, यो निर्वाचन कुनै उम्मेदबारले जित्ने भन्दा नि समग्रमा जनताले र देशले जित्ने निर्वाचन बनोस । कुनै आग्रह पूर्वाग्रह नराखी  स्वतन्त्र र निस्पक्ष नेपालि नागरिकको आखाबाट हेर्ने हो भने हामीलाई चाहिने सांसद भनेको थापा जस्तै हो अबको ससदमा थापा जस्ता "आटिला र स्पस्ट बक्त्ता" हरुको बाहुल्यता होस् थापा र उनि जस्तै जनताको भावना र मर्मको प्रतिनिधित्व गर्न सक्ने सम्पुर्ण उम्मेदबार हरुलाई शुभकामना । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ