arrow

परराष्ट्रले बनाउँदैछ राजदूत नियुक्तिको मापदण्ड

logo
प्रकाशित २०७२ माघ ९ शनिबार
परराष्ट्र.jpg.jpeg
काठमाडौं ।सरकारले मुलुकअनुसारको मापदण्ड तय गरेर राजदूत नियुक्त गर्ने भएको छ । एकैपटक करिब दुई दर्जन मुलुकमा राजदूत नियुक्त गर्नुपर्ने भएपछि मापदण्ड बनाइन लागेको हो । जसको गृहकार्य भने राजदूतका दाबेदार रहेका परराष्ट्र मन्त्रालयका सहसचिवले नै गरिरहेका छन् ।
 
उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापाले योग्य र सक्षम व्यक्तिलाई मात्र सिफारिस गर्ने बताउँदै आएका छन् । मन्त्रिपरिषदको सल्लाहमा न्यूनतम मापदण्ड निर्माणको तयारी थालिएको हो । परराष्ट्रको कोटामा नियुक्त हुनेहरूलाई वरिष्ठता र बाहिरको नियुक्तिलाई सक्षमता मुख्य आधार मानिएको छ । राजदूतका लागि चर्चामा आएका नाम र मन्त्रालयभित्रको वरिष्ठतामा विवाद आएपछि मन्त्री थापाले तत्काल न्यूनतम मापदण्ड बनाउन निर्देशन दिएको त्यसमा संलग्न एक सहसचिवले जानकारी दिए ।
चन्द्रशेखर अधिकारी कान्तिपुरमा लेख्छन्- देशमा जाने हो, त्यहाँको परिवेश र प्राथमिकता बुझेका व्यक्ति पठाउँदा सहज हुने बुझाइमा छौं,' परराष्ट्र सचिव शंकरदास बैरागीले भने, 'नयाँ मापदण्ड मन्त्रिपरिषदबाट पारित गराएर कार्यान्वयनमा ल्याइनेछ ।'
आफैं राजदूतको दाबेदार रहेका व्यक्तिले बनाउने मापदण्ड निष्पक्ष हुनेमा भने अधिकारीहरूले शंका व्यक्त गरेका छन् । मापदण्ड निर्माणमा परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानबाट सुझाव लिनु राम्रो हुने कर्मचारीहरूको सुझाव छ । 'बेलायत र कतार पठाइने राजदूतको कामको प्रकृतिमा निकै ठूलो अन्तर हुन्छ । यस क्षेत्रमा सुझाव दिँदै आएको निकायबाट रायसुझाव लिनु उपयुक्त हुन्छ,' एक अधिकारीले भने ।
'मापदण्ड व्यक्तिले होइन, परराष्ट्र मन्त्रालयले बनाउने हो । यसरी बन्ने मापदण्डबाट करिअर र बाहिरबाट आउने दुवैलाई काम गर्नेछ । मन्त्रालयलाई आवश्यक पर्दा विज्ञहरूलाई समेत तोक्न सकिनेछ,' परराष्ट्र सचिव बैरागीले भने । यसअघि केही राजदूतको कार्यशैली र क्षमतामाथि प्रश्न उठेको थियो ।
 
अब नियुक्त हुने राजदूतको अंग्रेजी भाषामा दख्खल हुनुपर्ने प्रावधान ल्याइन लागेको छ । अर्को एक भाषामा पनि दक्षता आवश्यक हुने मापदण्ड तोकिन लागेको छ । आफूलाई खटाइने मुलुकबारे अन्तर्राष्ट्रिय जर्नलहरूमा विश्लेषणात्मक लेख प्रकाशित गरेको हुनुपर्ने, कम्तीमा स्नातक तथा कूटनीति र व्यापार बुझेको व्यक्ति हुनुपर्नेमा जोड दिइएको छ ।
बेलायत, कतार, जर्मनी, जापान, बंगलादेश, ओमान, बहराइन, यूएई, साउदी अरब, इजिप्ट, ब्राजिल, श्रीलंकामा राजदूत खाली छ । इजरायल, अस्ट्रेलिया, पाकिस्तान, म्यान्मार, डेनमार्क, बेल्जियम, रुस, दक्षिण कोरिया र चीनमा राजदूत खाली हुँदै छन् ।
 
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ