arrow

ओलीलाई लाग्यो आचारसंहिता मिचेको आरोप

logo
प्रकाशित २०७४ मंसिर १२ मंगलबार
KP-oli-naya-news.jpeg

काठमाडौं। प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको सन्दर्भमा नेकपा एमालेले निर्वाचन आयोगले जारी गरेको आचारसंहितालाई उल्लंघन गरेको आरोप लगाउदै सोको विरुद्ध अविलम्ब कारवाहीको माग गर्दै मंगलबार निर्वाचन आयोगमा उजुरी परेको छ ।

काठमाडौं महानगरपालिका वडा नं ३२ निवासी अमृत कार्की दायर गरेको उजुरीमा निर्वाचन आचार संहिता (तेस्रो संशोधन) २०७४ बमोजिम राजनीतिक दलले पत्रपत्रिकाको माध्यमबाट प्रचारप्रसार गर्दा प्रत्येक दिन बढीमा ७ इन्च र ७ इन्चसम्मको आकारमा कुनै एउटा पत्रिकामा प्रचार सामग्री छपाउन सकिने उल्लेख भएकोमा मंसिर १२ गते मंगलबार राष्ट्रिय दैनिकहरु कान्तिपुर,नागरिक,अन्नपूर्ण र नयाँ पत्रिकाको पहिलो पृष्ठमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको फोटो सहित “सुखी जनता,समृद्ध नेपाल,सुशासन र स्थिरताको लागि बामपन्थी सरकार १” भन्ने सन्देश सहित छापिएको  विज्ञापनको आकार आचारसंहितामा उल्लेख गरिएको भन्दा ठूलो भएको उल्लेख गरिएको छ ।

सो उजुरीमा आचार संहितमा एउटा पत्रिकामा एक दिनमा एउटामात्र विज्ञापन गर्न पाइनेमा ४-४ वटा राष्ट्रिय दैनिकमा एकैचोटी विज्ञापन गरी नेकपाएमालेले निर्वाचन आचार संहिता विपरीत काम गरेकोले सो उपर अविलम्ब कारबाही गर्न निर्वाचन आयोगलाई अनुरोध गरिएको छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ