arrow

तौलिहवामा उर्लियो जनसागर : देउवाले भने,'लगानी मैत्री वातावरणको लागी कांग्रेसलाई भोट'

logo
मणि प्रसाद गैह्रै,
प्रकाशित २०७४ मंसिर १२ मंगलबार
taulihawa.jpg

कपिलवस्तु । नेपाली कांग्रेस पार्टीका केन्द्रिय सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेसले नजिते देशमा लगानीको बातावरण नरहने बताएका छन । नेपाली कांग्रेस कपिलवस्तुले तौलिहवामा आयोजना गरेको बृहत आमसभालाई सम्बोधन गर्दै सो बिचार व्यक्त गरेका हुन ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले बाम गठबन्धनले जिते देशमै लगानी मैत्री बातावरण नहुने र बैदेशिक लगानी रोक्किनुका साथै स्वदेशका उधोगधन्दा समेत धरासायी भई बेरोजगारी बढने दाबी गरे । देशमा रोजगारको अवस्था श्रृजना गर्न तथा देशलाई लगानीमैत्री बातावरण बनाई सम्बृद्ध बनाउन काग्रेसकै नेतृत्व आवश्यक रहेको उनको दाबी थियो । कार्यक्रमलाई सम्बोधन गर्दै कपिलवस्तु बुद्धको ऐतिहासिकस्थल रहेकाले कपिलवस्तुको बिकासलाई प्राथमिकतामा राखिने प्रतिबद्धता जनाए ।

जिल्लाका लुम्बिनी–तौलिहवा, बहादुरगंज तौलिहवा सडकको निर्माण र बिस्तार सगै तौलिहवा जितपुर सडकको स्तरोन्नती गर्न आफुहरु प्रतिबद्ध रहेको उनले बताए । “देशका बाम शक्ति बलियो भए लोकतन्त्र र मौलिक अधिकार नै संकटमा पर्छ । सबै जनतालाई अधिकार सम्पन्न बनाउने संबिधानलाई समेत बाम गठबन्धनले धरासायी बनाउछ । ”उनले भने । बाम गठबन्धनले बिकास र सम्बृद्धि भन्दा पनि देशमा अधिनायकबाद निम्त्याउने भन्दै देखेको सपना पुरा नहुने उनले बताए ।

वरिष्ठ नेता रामचन्द्र पौडेलले गौतम वुद्धको दरवार क्षेत्र कपिलवस्तु र तिलौराकोटको विकास गर्न कांग्रेसले योजना बनाएको हुदा पर्यटन क्षेत्रको विकासमा कांग्रेसमा लाग्ने हुंदा कागे्रसको पक्षमा जनलहर आएको बताए ।  जनताका छोराछोरीको समस्या नै नेपालको समस्या भएको हुंदा त्यस्ता समस्याको समाधान गर्न कांग्रेसवाट मात्र सम्भव हुने समेत पौडेलले बताए ।

त्यस्तै महामन्त्री डा. शशांक कोइरालाले मुलुकमा सडक शिक्षा, स्वास्थ्य, संचार, कृषि  जस्ता क्षेत्रको विकास तिव्र रुपमा कागेंसले गरेको हुंदा विकास प्रेमी जनताले काग्रंसमा भोट दिने बताए । वि पी कोइरलाको सपना पुरा गर्न आज आफु लागेको हुंदा पुरा गरेरै छाड्ने कोइरलाले बताए ।  भोट किन दिने भनेर सोच्नुहोस विकासका लागी पक्कै विकास काग्रेंसकै हातमा छ जनताको विकास नै देशको विकास हो कोइराला भन्छन् ।

 साथै नेता वालकृष्ण खाणंले वामग ठवन्धनको हल्लाले काग्रेंसको मत कतै नजाने हुंदा लोकतान्त्रमा विश्वास राख्ने जनता सधै काग्रेंसमा नै रहने बताए ।

 उता उद्योग पनि विनोद चौधरीले ५ वर्ष नेपाली काग्रेंसको नेत्तृवमा सडक बनेमा मुलुकमा रोजगार सिर्जना हुने बताए । वर्तमान समयमा ४० लाख युवा अरवको खाडिमा रहेको हुंदा अवका वर्षमै युवालई उद्योग धन्दा तथा कलकारखाना स्वदेशमै रोजगार सिर्जना गर्न कांग्रेसमा आफु लागेको बताए । त्यसको लागी लगानी मैत्री वातावरण नेपाली काग्रेंसले निर्माण गर्ने प्रविवद्धता रहेको समेत चौधरीले बताए ।

सो अवसरमा कपिलवस्तु प्रतिनिधी सभा १ का उम्मेदवार दिपकुमार उपाध्याय, २ का सुरेन्द्रराज आर्चाय ३ का अभिषेख प्रताप शाहले मधेसमा वस्ने जनताहरु लोकतन्त्र चाहेको हुंदा तिनै क्षेत्रमा जित हासिल गर्ने उनीहरुले दावी गरे ।

त्यस्तै निर्वाचन परिचालन संयोजक अतहर कमालले १० हजार बढि जनता आम सभामा उत्रिएको हुंदा जनता लोकतन्त्र र काग्रेंसको पक्षमा रहेको हुंदा गाउं गाउंमा काग्रेसको लहर आएको हुंदा वामपन्थी भन्नेहरुमा जनतालाले साथ नदिने जिकरि गरे । सो अवसरमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, संघिय समाजवादी फोरम, रापजा अझण्ड पार्टी लगायत गरी हजारौ नेता तथा कार्यकर्ताहरु कांग्रेसमा प्रवेश गरेका छन् ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ