arrow

विकास र समृद्धिका लागि कांग्रेसलाई मतदान : गुरुङ

logo
प्रकाशित २०७४ मंसिर १२ मंगलबार
sita-gurung-congress.jpg

तेह्रथुम । भौतिक पुर्वाधार तथा यातायात राज्यमन्त्री सीता गुरुङले विकास र समृद्धिका लागि एक पटक नेपाली कांग्रेसलाई मतदान गरी विजयी गराउन आग्रह गरेकी छन् । । मंसिर २१ गते हुने चुनावमा तेह्रथुमबाट प्रतिनिधि सभामा प्रत्यक्षतर्फ उम्मेदवारी दिनुभएकी राज्यमन्त्री गुरुङले बामपन्थीहरुले ०४६ सालदेखि जिल्लामा निरन्तर शासन गरेको, तर विकास गर्न नसकेको बताइन् ।

तेह्रथुमको लालीगुराँस नगरपालिकाको दाँगपामा आयोजित चुनावी सभामा बोल्दै राज्यमन्त्री गुरुङले जिल्लाको विकास निर्माणको लागि एक पटक नेपाली कांग्रेसका सक्षम उम्मेदवारहरु लाई मतदान गर्न जिल्लाबासीलाई आग्रह गरेकी छन् । नेपाली कांग्रेसको केन्द्रीय सदस्य समेत रहेकी नेतृ गुरुङले जिल्लाको विकासको लागि शिक्षा, स्वास्थ्य, खानेपानी, भौतिक पुर्वाधार लगायत चौतर्फी क्षेत्रको योजनासहित आफु मतदातामाझ पुगिरहेको बताइन् ।  आफु फेरि पनि सांसद मात्रै बन्नका लागि उम्मेदवारी नदिएको राज्यमन्त्री गुरुङको भनाई छ ।

 ‘पहिले नै दुई पटक सांसद बनिसकेँ, म सांसद मात्र त फेरि पनि बन्न सक्थेँ,’ राज्यमन्त्री गुरुङले भनिन्, ‘तर अब म सांसद मात्र हैन, यहाँको विकासको संवाहक बनेर देखाउन चाहान्छु, तपाईहरुको अभिमतबाट अनुमोदित भएर जिल्लाको विकासको काम गर्न चाहन्छु ।,’

कार्यक्रममा नेपाली कांग्रेस तेह्रथुमका नेता तुलसी सुब्बा  र गणेश विमलीले जिल्लाको विकास निर्माणको लागि एक पटक नेपाली कांग्रेसका सक्षम शिक्षित र वौद्धिक उम्मेदवारहरु लाई मतदान गर्न जिल्लाबासीलाई आग्रह गरे। प्रदेश सभा (क) क्षेत्रका उम्मेदवार जिल्ला सभापति गोविन्द ढुंगानाले जिल्लाको विकासको लागि शिक्षा, स्वास्थ्य, खानेपानी, भौतिक पुर्वाधार लगायत चौतर्फी क्षेत्रको योजनासहित आफु मतदातामाझ पुगिरहेको बताए ।

कार्यक्रममा राप्रंपाका केन्द्रीय सदस्य बासुदेव भट्टराई, लालीगुराँस नगरपालिकाका मेयर अर्जुन माबोहाङ, नेपाली कांग्रेसका जिल्ला सदस्य बालकुमार गुरुङ लगायत नेताहरुले मन्तव्य राखेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ