arrow

म्यान्चेस्टर युनाइटेड जित्यो, टोटनह्याम चिप्लियो, यी हुन् बुधबार रातिका भिडन्त 

logo
प्रकाशित २०७४ मंसिर १३ बुधबार
manutd1.jpg

काठमाडौं । इङ्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले जित हात पार्दा टोटनह्याम हट्सपर चिप्लिएको छ । 

दोस्रो स्थानको म्यान्चेस्टर युनाइटेडले वाट्फोर्डलाई उसैको मैदानमा ४–२ ले हरायो । 

म्यान्चेस्टरलाई विजयी गराउन आस्ले योङले २ गोल गरे । त्यसैगरी एन्टोनियो मार्सियल र जेस्सी लिङ्गार्डले १–१ गोल गरे । पराजित वाट्फोर्डका लागि ट्रोए डिनी र डोकोरेले गोल फर्काए ।

टोटनह्याम हट्सपर भने लेष्टर सिटीसंग २–१ ले पराजित भएको छ ।

लेष्टर सिटीको मैदानमा घरेलु टोलीलाई विजयी गराउन जेमी भार्डी र रियाल माहारेजले १–१ गोल गरे । टोटनह्यामका ह्यारी केनले एक गोल फर्काए ।

ब्राईटन र क्रिष्टल प्यालेसले गोलरहित बराबरी खेल्दा वेष्टब्रोम र न्युकासलले २–२ गोलको बराबरी खेले ।

लिगको अंक तालिकामा १३ खेलबाट म्यानचेस्टर सिटी ३७ अंकसहित शिर्ष स्थानमा छ । सिटीले बुधबार राति साउथ ह्याम्पटनसंग खेल्दैछ । 

१४ खेलबाट म्यानचेस्टर युनाइटेडको ३२ अंक भएको छ । तेस्रो स्थानको चेल्सीको १३ खेलबाट २६ अंक छ । चेल्सीले राति स्वान्सी सिटीसंग खेल्दैछ । 

२५ अंकसहित चौथो स्थानको आर्सनलले हडर्सफिल्ड टाउनसंग तथा २३ अंकसहित छैटौं स्थानको लिभरपुलले स्टोक सिटीसंग खेल्दैछ । पाँचौ स्थानको टोटनह्यामको २४ अंक छ । 

Jesse Lingard ended Watford's hopes of a sensational comeback with a solo goal after picking up the ball in his own half

The Manchester United winger takes the acclaim of the travelling fans at Vicarage Road after sealing a 4-2 win on Tuesday

Watford found their way back into the game after Marcos Rojo's clumsy foul on substitute Roberto Pereyra in the box

Young bent a free-kick over the wall from 25 yards and watched the ball nestle in the top corner beyond Heurelho Gomes

Young's effort proved too powerful for Watford goalkeeper Gomes as it beat him at the near post on Tuesday night



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ