arrow

कालीकोटमा जिप दुर्घटना तीनको मृत्यु, छ घाइते 

logo
प्रकाशित २०७४ मंसिर १३ बुधबार
accident-final.jpeg

कालीकोट । जिल्लाको खाँडाचक्र नगरपालिका–१ जिल्ला अस्पताल मोडमा बलेरो जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । छ जना घाइते भएका छन् । 

मुगुबाट सुर्खेत जाँदै गरेको लु २ च २००३ नम्बरको बलेरो जिप कालीकोटको जिल्ला अस्पताल मोडमा आज बिहान दुर्घटना हुँदा तीन जनाको घटनास्थलमा मृत्यु भएको छ । 

मृत्यु हुनेमा मुगु भिइ–७ का ४५ वर्षीया जयरुप बुमी, श्रीनगर–३ का ४६ वर्षीयका नरविक्रम मल्ल र जुम्ला चन्दनाथ–१४ कार्तिकस्वामिका यदुराज न्यौपाने रहेको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ । मुगुबाट सुत्केरी महिलासहित नौ जना यात्रु रहेको बताइएको छ । 

छ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ । घाइते हुनेमा मुगुका विष्णुराज धामी, लक्ष्मी रावत, किसिम काकी, मायालक्ष्मी मल्ल, हुम्लाका सन्तबहादुर शाही र बाँके नेपालगञ्जका चालक यन्द्रप्रसाद थारु रहेको बताइएको छ । 

घाइतेको उपचार जिल्ला अस्पताल कालीकोटमा भइरहेको बताइएको छ ।

जिप दुर्घटना के कति कारणले भएको हो भन्ने कुराको समेत अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ ।

 जिपको नम्बर प्लेटसमेत नभएको बताइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ