arrow

‘आर्थिक उन्नतीका लागि काँग्रेसको विकल्प छैन’

logo
रामचन्द्र रायमाझी,
प्रकाशित २०७४ मंसिर १३ बुधबार

पाल्पा । नेपाली काँग्रेसका पूर्व केन्दीय सदस्य राजनप्रसाद पन्तले अब यस क्षेत्रमा नेपाली काँग्रेसको विजयलाई कसैले रोकेर नरोकीने बताएका छन् । साविकको निर्वाचन क्षेत्र नम्वर २ मा २०५१ साल देखि नेकपा एमालेले विजयी प्राप्त गर्दै आए पनि यस क्षेत्रको विकास नभएकाले विकास र यस क्षेत्रका जनताको आर्थिक उन्नतीका लागि नेपाली काँग्रेसको विकल्प नभएको बताए ।

गत निर्वाचनमा अत्यन्त झिनो मतको अन्तरले नेकपा एमाले विजयी भए पनि आज सम्म विकासले गति लिन नसकेको बताउदै ग्रामीण क्षेत्रको परिवर्तनका लागि नेपाली काँग्रेसको आवश्यकता रहेको बताए । मंगलवार  नेपाली काँग्रेस  तानसेन नगर समितिले मदनपोखराको दमकडा र बगनासकाली गाउँपालिकाको आयोजनामा  खानीछापमा  आयोजीत चुनावी सभालाई सम्बोधन गर्दै पूर्व केन्द्रीय सदस्य पन्तले गाँउको विकासका लागि इतिहास देखि वर्तमान सम्म काँग्रेसको विकल्प नभएको स्पष्ट पारे ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा क्षेत्र नम्वर २ का प्रतिनिधि सभाका उम्मेदवार हरि प्रसाद नेपालले बामगठबन्धनलाई विकास भनेको के हो ? आफुले साविकको क्षेत्र नम्वर ३ को ग्रामीण क्षेत्रमा पुगेर अवलोकन गर्न आग्रह  गर्दै बामगठबन्धनबाट अब पनि नझुक्कीनका लागि मतदातालाई आग्रह गरे । लामो समय सम्म एमाले विजयी भए पनि विकासका कारणले पछाडी परेकाले अब मतदाताले विकल्प खोजेको नेपाली काँग्रेस रोजेकोले नै क्षेत्र नम्वर २ मा नेपाली काँग्रेसको विजयी सुनिश्चित भए को दावी गरे ।

चुनावी सभालाई सम्बोधन गर्दै प्रदेश सभाका उम्मेदवार माधव नेपालले  एमालेलाई  पटक पटक हेर्नु भो यस पटक नेपाली काँग्रेसलाई हेर्नुहोस् भन्दै विकास , रोजगार जस्ता कुराले पछुताउनु नपर्ने  बताए ।

 नेपाल महिला संघ केन्द्रीय सदस्य रमा पन्तले अब महिलाहरुका पिडा र दुखका दिन गएको भन्दै यसका लागि नेपाली काँग्रेसको विजयी नै पहिलो आधार भएको बताईन् । केन्द्रीय सदस्य पन्तले नेपालमा लोकतान्त्रीक पार्टीको नेतृत्वले नै देशलाई सक्षम , सवल र समृद्धि बनाउने भएकाले नेपाली काँगे्रसलाई विजयी बनाउन आम मतदातालाई आग्रह गरिन् ।

 सभामा बोल्दै ,नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि यमलाल तिमिल्सेना , पार्टी सचिव अजयमान कर्मचार्य, नेपाल महिला संघ जिल्ला सभापति गंगा पौडेल, लालकुमारी राना, सिता भुसाल, पुशोत्तम अर्याल लगायतले जनताको  आर्थिक जीवन स्तरमा परिर्वतन ल्याउन नेपाली काँग्रेस विना संभव नरहेकोले नेपाली काँग्रेसका उम्मेदवारहरुलाई विजयी बनाउन मतदाता सँग आग्रह गरे ।     

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ