arrow

मलाई विश्वप्रकाशको कार्यकर्ता भन्दा गौरव लाग्छ : गगन थापा (भिडियो)

गगन थापा मन्त्री मात्र होइन कुनै दिन मेरो पुस्ताको प्रतिनिधित्व गर्दै प्रधानमन्त्री बन्ने छ : विश्वप्रकाश शर्मा

logo
प्रकाशित २०७४ मंसिर १३ बुधबार
gagan-bishwa-nc.jpg

काठमाडौँ । मुलुक स‌ंघीय संरचनामा गएपछि पहिलो पटक हुन लागेको प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनको दौडमा रहेका उम्मेदवारहरुले नयाँ-नयाँ प्रचारशैली अपनाएका छन् । प्रविधिको विकाससँगै प्रचारशैली पनि फेरिएको छ । पछिल्लो समय सामाजिक सञ्जालको अधिक प्रयोग भएको छ । अर्कोतिर एउटै मञ्चमा उपस्थित भएकाहरुले एक अर्कालाई मत माग्नु सामान्य जस्तै भइसकेको छ । तर, उस्ता-उस्तै जनप्रिय व्यक्तिले एक अर्कालाई मत माग्ने अचम्मको तरिका भने यो पटक अपनाइएको छ ।

पछिल्लो समय नेपाली राजनीतिमा मै खाउँ,मै लाउँ सुख सयल वा मोज मै गँरु मै हासुँ, मै नाँचु अरु सबै मरुन दुर्बलहरु भन्ने कवि लेखनाथ पौड्यालको भनाई चरितार्थ भइरहँदा आश लाग्दा एकाध नेताले त्यसलाई चिर्ने प्रयास गरेका छन् ।
 
२००४ सालबाट सुरु भएको नेपाली राजनीतिको हरेक उतार चढावमा सहयात्रा गरेका राजनीतिक दलहरु मात्र हैन, एउटै दलका नेताहरु समेत गुट उपगुटमा विभक्त भएकै बेला त्यो परम्परालाई तोड्ने हिम्मत गर्ने नेता हुन् विश्व प्रकाश शर्मा र गगन थापा । यी दुईले नेपाली राजनीतिलाई थितिमा लैजान एक-अर्कालाई नजिकबाट सुन्ने र बुझ्ने प्रयास गरेका छन् ।

उनीहरुले पूर्व मेची देखि पश्चिम महाकालीसम्म र मध्यको काठमाडौंसम्म आफ्ना सहयात्रीका लागि मत मागेर लोकतान्त्रिक थितिलाई बलियो बनाउने अभ्यासै शुरु गरेका छन् । काँग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघबाट राजनीति शुरु गरेका काँग्रेसका दुई भरपर्दा नेता शर्मा र थापा आफुलाई मात्र हैन आफु जस्तै युवा नेतालाई मतमाग्न थालेका छन् ।

नेपाल विद्यार्थी संघको सभापति हुँदा उपसभापति बनेर काम गरेका थापालाई शर्माले पूर्वको झापाबाटै मत मागेका छन् । उनले काठमाडौका मतदातालाई झापाबाट सम्बोधन गरेका छन् र गगन थापालाई नै मत दिन अपिल गरेका छन् ।

शर्माले जस्तै थापाले शर्माको विजयको लागि मत मागेका छन् । नेपाली राजनीतिक इतिहासमा आफुलाई प्रमाणित गरिसकेका यी दुई नेताको आपसी सहकार्य नौलो अम्यास हो ।

झापा क्षेत्र नम्वर-१ का उम्मेदवार शर्माको चुनावी प्रतिस्पर्धालाई लिएर मुलुककै ध्यान उत्तै मोडिएको छ । सु-सँस्कृत राजनीतिको थालनी गरेका शर्माको प्रतिस्पर्धालाई लिएर वैचारिक बहस समेत हुने गरेको छ । उनको प्रतिस्पर्धा पूर्व सञ्चारमन्त्री माओवादी केन्द्रका सुरेन्द्र ‍(राम) कार्कीसँग हुँदैछ । वैचारिक हिसावले कार्की पनि बलियो मानिन्छन् । सोझो हिसाबले भन्दा शर्माले आफ्नो राजनीतिक भविष्यबारे सोच्नु पर्नेबेला काठमाडौँबारे चिन्ता गर्नुलाई आश्चर्य मानिएको छ । उनले थापाका लागि भोट माग्नुलाई नेपाली राजनीतिमा सकारात्मक सुधारको सुरुवात भएको मान्न सकिने प्रशस्त आधार छ ।

झापामा रहेका विश्वप्रकाश शर्माले काठमाडौंमा रहेका गगन थापालाई भाईमात्र नभई आफ्नो भरोसा समेत भनेका छन् ।  उनले गणतन्त्र स्थापनाका बखत राज दरबारको अगाडि पट्टी हजारौँको नेतृत्व गरेका थापालाई एक कुशल हिरोको संज्ञा दिएका छन् । लोकमानसिंह कार्कीलाई पदमुक्त गर्नु पर्छ भन्ने सडकको आवाजलाई संसद सम्म पुर्‍याउने मूल प्रतिनिधि गगन थापा रहेको शर्माले भनेका छन् ।

सडकमा त सबैले बोल्छ हेरौ सरकारमा पुगेपछि के गर्छ हेरौला भन्ने सबलाई सफल स्वास्थ्य मन्त्री भएर विदाई हुँदै जादा आफुले गर्व गरेको र यो सबै मतदाताकै कारण सम्भव भएको भन्दै उनले यी तीन वटा मोडमात्र नभई अन्य क्षेत्रमासमेत धेरै काम गर्नु पर्ने आवश्यकताकै कारण गगन थापालाई काठमाडौं ४ बाट विजयी गराउनु पर्ने बताएका छन् ।

यता, काठमाडौं क्षेत्र नम्बर ४ का उम्मेदवार पूर्वस्वास्थ्य मन्त्री गगन थापाले यो भन्दा अघिको संसदमा विश्व प्रकाशको आवस्यकता खड्केको भन्दै अब त्यो वातावरण झापाली मतदाताले नबनाउने विश्वास लिएका छन् । विद्यार्थी राजनीतिलाई सम्झदै आफु विश्व प्रकाश जस्तै बन्न प्रयास गरेको समेत बताए ।

उनले आफुलाई शर्माकै कार्यकर्ता हुँ भन्दा गौरव लाग्ने समेत बताएका छन् । विश्वप्रकाशसँग काम गर्दा समस्यामा केन्द्रित  नभई विश्वप्रकाश समाधान खोज्नमा केन्द्रित हुने गरेको समेत उनले स्मरण गरेका छन् । अब बन्ने संसद सजिलो नबन्ने भएको बताउदैँ थापाले संविधान पछिको संसदमा आफ्नो पार्टी भित्रका विषयहरुमात्र उठाउने नभई अन्य पार्टी संसदहरुसँग समेत मिलेर काम गर्न सक्ने वातावरण बनाउनु पर्ने धारणा राखेका छन् । उनले समस्या देखाउने हैन समाधान खोज्न सक्ने, उत्तेजना फैलाउने हैन चेतनाकासाथ समन्वय गर्न सक्ने आफ्ना अडानमा अडिक र अर्काका सकारात्मक कुरा ग्रहण सक्ने विश्वप्रकाशसँगै संसदमा काम गर्ने इच्छा रहेको बताए ।

विश्व प्रकाशसँग काम गर्ने रहरमात्र नभई उनको उपस्थितीले संसदको गरिमा समेत बढ्ने र संसदले योग्य र सफल सांसद समेत पाउने थापाको धारणा छ ।

शर्माले काठमाडौँका जनताले थापालाई विश्वास गरेर रुख चिन्नहमा मतदान गर्ने विश्वास व्यक्त गरे । शर्माले गगन थापा मन्त्री मात्रै होइन, कुनै दिन मेरो पुस्ताको प्रतिनिधित्व गर्दै मुलुकको प्रधानमन्त्री बन्नेछ भनेका छन् । क्षेत्रको विकाससँगै समग्र मुलुकको विकासको लागि थापालाई मतदान गर्नको विकल्प नभएको शर्माले बताए । अब पालो युवाको काधमा आएको भन्दै गगन थापाको विश्वास गर्नु पर्ने धारणा शर्माको छ ।

थापाले काँग्रेसका मतदाताले मात्र नभइ नेपाली काँग्रसलाई नियमित मतदान नगर्ने तर नेपालको संसद राम्रोसँग चलोस प्रभावकारी रहोस्, सकारात्मक प्रवृति भएका व्यक्तिहरु राजनीतिमा रहुन भन्ने सोच राख्ने आम मतदातालाई झापा क्षेत्र नम्बर १ मा शर्मालाई मत दिन अपिल गरेका छन् ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ