arrow

लगानीको लागि केही घण्टा बाँकी रहदाँ सगुनको सेयरबारे जानकारी लिन सिधै सम्पर्क गर्न सकिने

logo
प्रकाशित २०७४ मंसिर १३ बुधबार
sagoon_final_logo.jpg

काठमाडौं ।  सगुनले खुल्ला गरेको शेयर खरिद गर्ने अन्तिम मिति यही नोभेम्बर ३० मध्यरात (अमेरिकाको न्यूयोर्क समय अनुसार) सकिदै छ । सेयरबारेमा बुझ्न चाहानेहरुको लागि बिभिन्न देशमा रहेका सगुनका प्रतिनिधिहरुलाई सिधै सम्पर्क गरेर लगानीकोबारेमा सोध्न सकिने छ ।

लगानीको लागि बिश्वभरबाट www.sagoon.com/invest मा रहेको लाइभ च्याटमा अध्यधिक चाप बढेपछि बिभिन्न देशमा भएका आफ्ना प्रतिनिधिहरुको नम्बर सार्वजनिक गर्दै सिधै कल गर्ने ब्यवस्था मिलाएको बताएको छ । यि नम्बरहरुमा फोन गरेर मिनी आइपिओ सम्बन्धी बुझ्न सकिने बताइएको छ । इन्भेन्ट पेजमा रहेको सगुनको लाइभ च्याट २४ सै घण्टा उपलब्ध हुनेछ ।

यसको लागि सगुनले विभिन्न देशहरुमा सम्वन्धित देशको समय अनुसार सोही देशहरुबाट सेवाउपलब्ध गराउने जनाएको छ ।
सम्बन्धीत देशको समय अनुसार बिहान ८ बजे देखि ११ बजेसम्म मात्र यी नम्बरमा सम्पर्क गर्न सकिने छ । यो सेवा नोभेम्बर ३० तारिक मध्य रात (न्यूयोर्क समय अनुसार) सम्म मात्र उपलब्ध हुने बताइएको छ ।
अमेरिकाः1-703-330-6333
भारतः+91 -7291987585, +91-7292980947,  +91129 6522214
नेपालः+977-9843722475
द.कोरियाः82-1047675248
बेलायतः44-787-564-5133
अष्ट्रेलियाः61-432284615
क्यानडाः1-613-884-0869

यो सेवा नोभेम्बर ३० तारिकमध्यरात (न्यूयोर्क समय अनुसार) सम्म मात्र उपलब्ध हुनेछ । सगुनले खुल्ला गरेको दोश्रो राउण्डको शेयरमा कम्तिमा अमेरिकी डलर १००० वा सो भन्दा बढी रकम लगानीगरि खरिद गर्न सकिने छ । नेपाल भित्रबाट बिदेशी कम्पनीमा लगानी गर्न पाइने छैन तर बिदेशमा रहेका गैर आवसिय नेपालीहरुले बैक खाता भएमा लगानी गर्न सक्नेछन् । यस पटक बैककबाट वायर ट्रान्सफर तथा क्रेडिट वा डेविट कार्डबाट समेत लगानीगर्न पाइने व्यवस्था सगुनले गरेको छ । तर भारत र अष्ट्रेलिया यो सेवा उपलब्ध रहेको छैन । भारत र अष्ट्रेलियाबाट लगानी गर्न फर्म भरिसकेपछि बैकबाट वायर ट्रान्सफर नै गर्नुपर्नेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ