arrow

उदयपुर विष्फोटका घाइते कार्की र कट्वाल टिचिङ्गमा भर्ना

logo
प्रकाशित २०७४ मंसिर १३ बुधबार
karki.jpg

कटारी (उदयपुर)। उदयपुरको एम्बुसमा परी घाइते हुनुभएका क्षेत्र नं २ बाट प्रतिनिधिसभामा नेपाली कांग्रेसका उम्मेदवार नारायण कार्की र नेविसंघ जिल्ला अध्यक्ष मीरा कट्वाललाई उपचारार्थ काठमाडौंको महाराजगञ्जस्थित शिक्षण अस्पतालमा भर्ना  गरिएको छ ।
 
उदयपुरको कटारीबाट नेपालटारको आमसभातर्फ जाँदै गर्दा कार्की चडेको बा १५ च ७८०६ नम्बर गाडी एम्बुसमा परेको हो । नेपाली कांग्रेस उदयपुरका नेता लबराज अधिकारीका अनुसार विष्फोट हुँदा गाडी करिब १० मिटर माथिसम्म उफ्रिएको थियो । गाडी क्षतिगस्त बनेको छ ।
 
घटनामा परी उम्मेदवार कार्की र नेबिसंघ जिल्ला सदस्य मीरा कटुवाल गम्भीर घाइते भएका थिए ।
कार्कीको हातको औला चुडिएको छ, अनुहार र खुट्टामा गहीरो चोट लागेको छ ।  मिरा कट्वालको खुट्टा चुडिएको छ ।
 
गम्भीर घाइते भएका दुबै जनालाई नेपाली सेनाको हेलीकोप्टरबाट काठमाण्डौ लगीएको छ । सामान्य घाइते भएका दुइ जना सुरक्षाकर्मी र चालकको स्थानीय अस्पतालमा उपचार भैरहेको छ । त्यही गाडीमा रहेका अन्य दुइ जना भने सामान्य अबस्थामा रहेको अधिकारीले बताएका छन्  ।
 
उदयपुर रिस्कु–४ मा ७१ वर्षअघि बाबु नरबम र आमा नरमायाको कोखबाट जन्मिएका नारायणबहादुर कार्की राजनीतिमा निरन्तर क्रियाशील हुन् । शिक्षाशास्त्र शङ्कायमा स्नातक गरेका कार्की २०४५ सालदेखि राजनीतिमा सक्रिय भएर लागेका छन् ।
 
पञ्चायतकालमा २० दिन जेल जीवन बिताएका कार्की २०७० सालको संविधानसभा निर्वाचनमा नेपाली कांग्रेस उदयपुरबाट प्रत्यक्ष निर्वाचित सांसद हुन् ।
 
संविधान निर्माण र उदयपुर जिल्लाको विकासमा निरन्तर सक्रिय रहँदै आएका कारण यो पटक पनि पार्टीले टिकट दिएको हो । जिल्लाको विकास र समृद्धिमा सधैँ तल्लिन रहने कार्की आम मतदाता तथा कार्यकर्ता माझ लोकप्रिय हुन्।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ