arrow

एनिभर्सरीको अवसरमा धुर्मुस सुन्तलीले ल्याए रोमान्टिक प्रेमगीत (भिडियोसहित)

logo
प्रकाशित २०७४ मंसिर १४ बिहिबार
dhurmus-suntali-marriage-anniversary-celebration-santapur-basti-03.jpg

काठमाडौं । नेपाली हाँस्यब्यङ्ग्य क्षेत्रका चर्चित कलाकार तथा सामाजिक अभियान्ता धुर्मुस सुन्तलीले दशौं बैवाहिक जीवनमा प्रवेश गरेको अवसरमा एक गीत सार्बजनिक गरेका छन् । 

धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण गरिरहेको एकीकृत नमुना सन्तपुर बस्तीमा काम गरिरहेका कामदारहरु संगैं एनिभर्सरी मनाउँदै उक्त गीत सार्बजनिक गरिएको हो । 
धुर्मुस सुन्तली २०६५ मंसीर १४ गते बैवाहिक जीवनमा प्रवेश गरेका थिए । मंसीर ४ गते आफ्नो दशौं एनिभर्सरीको अवसरमा धुर्मुस सुन्तलीले ‘म जुन दिन देखी’ बोलको गीतको भिडियो रिलिज गरेका हुन् । 

संघिय मामिला तथा स्थानिय बिकास मन्त्रालयका सचिव समेत रहेका दिनेश थपलियाको शब्द रहेको उक्त गीतमा अहिलेका चर्चित संगीतकार अर्जुन पोखरेलको संगीत रहेको छ भने राजेश पायल राई र अन्जु पन्तले आवाज दिएका छन् । 

धुर्मुस सुन्तलीको प्रेम सम्बन्ध बोलेको उक्त गीतमा धुर्मुस सुन्तलीनै फिचरिङ्ग छन् । पप्पा र नवराज उप्रेतिले खिचेको उक्त भिडियोमा हरिष निरौंला(कक्रोज) को कोरियोग्राफी रहेको छ । 

भिडियोलाई टेकेन्द्र शाहले सम्पादन गरेका हुन् भने धुर्मुस सुन्तली आफैंले निर्देशन गरेका हुन् । कतारमा समेत छांयाकन गरिएको उक्त भिडियोमा माया प्रेमको रोमान्स देखाईएको छ ।
सामाजिक काममा सक्रिय रहेका धुर्मुस सुन्तलीले दर्शकको अपेक्षा अनुसार यो भिडियो उपहार स्वरुप सार्बजनिक गरेका हुन् । 

आफैले निर्माण गरिरहेको सन्तपुर बस्तीका झण्डैं २६१ कामदारहरुलाई लड्डु खुवाएर उनिहरुले एनिभर्सरी सेलिब्रेसन गरेका छन् । एनिभर्सरी मनाउँदै उनिहरुले उत्कृष्ट काम गर्ने कामदार र स्थानियहरुलाई पुरस्कार समेत दिएका छन् । 

सन्तपुर बस्तीमा अहिले ५० प्रतिशत काम सकिएको बताईएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ