arrow

सरकारलाई कारबाही गर्न भन्दै एमालेले निर्वाचन आयोग गुहार्‍यो

logo
प्रकाशित २०७४ मंसिर १४ बिहिबार
congress-n-uml-falg.jpg

काठमाडौँ । नेकपा (एमाले), केन्द्रीय निर्वाचन परिचालन कमिटीको बिहीबारको बैठकले गृह मन्त्रालय तथा प्रधानमन्त्री राहत कोषबाट आफूखुशी रकम वितरण तथा निजामती कर्मचारी प्रणालीमा भद्रगोल अवस्था सिर्जना गरिएको जनाउँदै सोबारे निर्वाचन आयोगको ध्यानाकर्षण गराउने निर्णय गरेको छ । 

निर्वाचन आचारसंहिता विपरीत राज्यकोषबाट रु १६ करोडभन्दा बढी रकम दुरुपयोग तथा निजामती तथा प्रहरी प्रशासनको संरचनामा अनावश्यक भद्रगोल सिर्जना गरिएको एमालेको आरोप छ । नेपाल प्रहरीमा चार प्रहरी महानिरीक्षकको दरबन्दी सिर्जना गरी प्रहरी प्रशासन संरचनालाई भत्काउन खोजिएको भन्दै त्यस्ता काम रोक्न एमालेले आग्रह गरेको छ । 

कमिटीका प्रवक्ता विष्णु रिमालले जारी विज्ञप्ति जारी गरी चुनावी सरकारको हैसियत र सीमाभित्र रही काम गर्नका लागि सरकारलाई सचेत गराउन आयोगसमक्ष माग गर्नुभएको छ । साथै शृङ्खलाबद्ध रुपमा देशभर भइरहेका हिंसात्मक आक्रमण र विस्फोटको घटना नियन्त्रण गर्न पनि सरकारसँग माग गरिएको छ । रासस


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ