arrow

'ललितपुरका ३ वटै क्षेत्रमा कांग्रेसले जित्छ'

logo
प्रकाशित २०७४ मंसिर १४ बिहिबार
Madan_Rally.jpg

ललितपुर । ललितपुरमा कांग्रेसको पक्षमा लहर शुरु भएको  निष्कर्ष निकाल्दै ललितपुर कांग्रेसले ललितपुरको ३ वटै क्षेत्रमा कांग्रेस विजयी हुने आँकलन गरेको छ ।

ललिपुरका २ र ३ नम्वर क्षेत्र अन्तगर्त नेपाली कांग्रेस  वडा इकाइ समितिका सभापतिहरुको विहीवार सम्पर्क कार्यलय पुल्चोकममा बसेको बैठकले  ललितपुरमा नेपाली कांग्रेसको पक्षमा माहौल बढेको निष्कर्ष निकालेको थियो । बैठकमा ललितपुर महानगरपालिकाका १ देखि २९ नम्वर सम्म वडाका वडा  इकाइ सभापति, गोदावरी नगरपालिकाका १२ र १४ नम्वर वडाका इकाइ सभापति र महालक्ष्मी नगरपालिकाका १० नम्वर वडाका वडा सभापति,जिल्ला कार्यसमितिका कोषाध्यक्ष तथा सदस्यहरुको उपस्थित रहेको थियो । बैठकमा उपस्थित केही वडा सभापतिहरुले आफनो वडामा प्रचार प्रसार समाग्री अपुग भएको गुनासो गरेका थिए भने केही वडा इकाइ सभापतिहरुले आर्थिक समस्या सुनाएका थिए ।

बैठकको प्रारम्भममा ललितपुर कांग्रेसका कार्यबाहक सभापति तथा प्रचार प्रसार मुल समितिको संयोजक  प्रकाशनन्दन जोशीले सानोतिनो मतभेदलाई विर्सेर  ललितपुरमा कांग्रेसको पक्षमा लहर ल्याउन वडा इकाइ सभापतिहरुसंग आग्रह गरेका थिए । उनले भने,‘यो चुनाव हाम्रो लागि जीवनमरणको विषय हो । सानातिना गुनासाहरु छन भने पनि अहिले विर्सौ र पार्टीलाई जिताउन एक जुट होऔ । ’कम्युनिष्ट पार्टीले ल्याउन चाहेको अधिनायकबादलाई रोक्न पनि यो चुनावमा कांग्रेस विजयी हुन आबस्यक भएको उनको भनाइ थियो ।उनले भने,‘यो चुनाव लोकतन्त्र रोज्ने कि अधिनायकबाद रोज्ने भन्ने विषयमा  एउटा जनमत संग्रह पनि हो । ’

वडा इकाइ  सभापतिहरुले आफनो वडामा स्थानीय जनताको भावना कांग्रेसको पक्षमा रहेको  बताएको थिए ।उनीहरुले भने, ‘हामी उत्साहित भएका छौ । स्थानीय जनता कांग्रेस जितेको हेर्न चाहन्छन ।’ वडा वडामा  कांग्रेसको पक्षमा लहर शुरु भएको पनि उनीहरुले जिल्ला नेतृत्वलाई  सुनाएका थिए । बैठकले दोश्रो संविधान सभाको निर्वाचनमा झै ललिपतपुरमा कांग्रेसको पक्षमा परिणाम ल्याउन प्रचार प्रसार अभियानलाई तीब्र बनाउने निर्णय गरेकको थियो ।  कुनै वडामा केही समस्या भए पनि तत्काल समस्याको सामधान गर्ने इकाइ सभापतिहरुले   जनाएका थिए । बैठकमा करिव २५ स्थानीय नेताको उपस्थिति रहेको थियो । भौगलिक कठिनाइको कारण ललितपुर १ नम्वर क्षेत्रका वडा इकाइ सभापतिहरु भने बैठकमा उपस्थित हुन सकेनन् ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ