arrow

सहकारीले विपन्न तथा महिलाको आयआर्जनमा महत्वपूर्ण भूमिका खेल्छ : अधिकारी

logo
प्रकाशित २०७४ मंसिर १४ बिहिबार
Maitriya_2.jpg

काठमाडौं । अर्थविद् एवम् राष्ट्रिय योजना आयोगका पूर्व सदस्य डा. चन्द्रमणि अधिकारीले नेपालमा सहकारी संस्थाहरूले समाजका विपन्न तह एवम् महिलाहरूको आयआर्जनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताएका छन् । 

बालकोट (भक्तपुर)स्थित मैत्रिय बचत तथा ऋण सहकारी संस्था लि.को दशौँ वार्षिक साधारणसभालाई प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै डा. अधिकारीले दश वर्षअघि केही हजार रकम सङ्कलन गरी सुरु गरिएको मैत्रिय सहकारीले दश वर्षमा करोडौँको कारोबार गरी संस्थामा आवद्ध दुईहजार भन्दा बढी सदस्यहरूको आर्थिक स्तरोन्नतिमा सहयोग पु¥याउन सक्नु महत्वपूर्ण उपलब्धि भएको उल्लेख गरे । 

मन्तव्यका क्रममा सहकारीको अवधारणा तथा सिद्धान्तबारे प्रस्ट्याउँदै उनले सेवा गर्दैजाँदा कतिपय गल्ती पनि हुन सक्नेभन्दै, यसलाई नकारात्मक रूपमा लिईनुभन्दा त्यसबाट पाठ सिकेर सुध्रँदै जानुपर्ने तर्क गरे । संस्थामा आवद्ध सेयर सदस्यहरूले वर्षको एकपटक साधारणसभामा उपस्थित भएर ताली पड्काउने मात्र नगरी संस्था कसरी सञ्चालन भइरहेको छ भन्नेमा चासो राखी आवश्यक सुझाव दिने तथा सहयोग गर्ने आदत बसाल्न पनि अर्थविद् अधिकारीले सुझाव दिए ।

यसैगरी संस्थाका अध्यक्ष बालमुकुन्द उपाध्यायले संस्थाको वार्षिक प्रगतिको समीक्षा गर्दै कमी–कमजोरी सच्याएर अघि बढ्ने प्रण गरे । शेयर सदस्यहरू संस्थाका गहना भएको उल्लेख गर्दै उनले मैत्रियमा हाल नियमित बचतकर्ताहरू २१ सय र शेयर सदस्य नौ सय असी रहेका जानकारी गराए । सहकारीमा आवद्ध सदस्यहरू संस्थाका गहना भएको भन्दै प्रशंसा गर्न उनी चुकेनन् ।

भक्तपुर जिल्ला सहकारी सङ्घका सचिव हरि बल, बालकोट सहकारीका प्रतिनिधि जयराज पौडेल, नेपाल रेडक्रस सोसाइटीका चन्द्र श्रेष्ठ, लुम्बिनी बैंकका प्रतिनिधिलगायतले शुभकामना मन्तव्य दिएको उक्त साधारणसभामा संस्थाका सचिव सुमन सिलवालले वार्षिक प्रतिवेदन र कोषाध्यक्ष दिवाकर सिलवालले आर्थिक कारोबारको प्रतिवेदन प्रस्तुत गरेका थिए । कोषाध्यक्ष सिलवालले मैत्रिय सहकारीले यस वर्षमा करिव सवा सत्र करोडको कारोबार गरेको विवरण प्रस्तुत गरे । 

ठूलो सङ्ख्यामा सदस्यहरू उपस्थित वार्षिक साधारणसभामा जेष्ठ सदस्य सम्मान, बाल बचतकर्ता, असल कारोबार, आवधिक बचतकर्ता, नियमित बचतकर्ता, दैनिक बचतकर्ता आदि शीर्षकमा विभिन्न सदस्यलाई पुरस्कृत गरिएको थियो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ