arrow

कम्युनिष्टहरुको अधिनायकबादी सोच तोड्न जनता एक भईसके : प्रधानमन्त्री 

logo
प्रकाशित २०७४ मंसिर १४ बिहिबार
deuba@makawanpur.jpg

पालुङ । नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले बामगठबन्धनले गर्दा लोकतन्त्र खतरामा परेको बताएका छन् । विहीबार थाहानगरपालिका ३ स्थित घटेचौरमा भएको बिशाल कोणसभा कार्यक्रममा प्रधानमन्त्री देउवाले धेरै संर्घष गरेर ल्याइएको लोकतन्त्रमा एकदलीय कम्युनिष्ट शासन लाद्न खोजिएको आरोप लगाएका छन् । 

राणाशासनको अन्त्य काँग्रेसले हटाएको हो प्रधानमन्त्री देउवाले भने–निरकुंशता ढालेर लोकतन्त्र ल्याए पनि फेरि नेपालमा एकदलीय कम्युनिष्ट शासन स्थापना गर्ने प्रयास भइरहेको छ । मंसिर २१ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभामा लोकतान्त्रिक गठबन्धन विजयको लहर छाउने छ उनले भने कम्यूनिष्टले सम्पन्न गर्न नसकेको  काठमाडौ हेटौंडा जोडने सुरुंगमार्ग निर्माण नेपाल सरकारले पूरा गर्ने छ । उनले  अहिलेको चुनाव एकदलीय कम्युनिष्ट शासन र बहुदलीय प्रजातन्त्र मान्नेबीचको चुनाव समेत भएकोले विचार पु¥याएर मतदान गर्न आग्रह गरे । एमाले, माओवादीले लोकतन्त्रको भ¥याङ्ग चढेर नेपालमा अधिनायकवाद ल्याउन खोजेको देउवाले आरोप लगाए । 

आसन्न निर्वाचनको लागि मकवानपुरको क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार कमल थापाले मकवानपुरमा लोकतान्त्रिक गठबन्धनलाई कसैले हराउन नसक्ने दावी गरेका छन् । ‘मकवानपुर अब लोकतान्त्रिक शक्तिको किल्ला हुन कसैले रोक्न सक्दैन’, उनले भने, ‘कम्युनिष्टको सर्वसत्तावादी अधिनायकवादी सत्ता स्थापना गर्ने सपनालाई तोड्न आम नेपालीहरु एक भैसकेका छन् । प्रजातन्त्रको रक्षा, जनताको हित मकवानपुरको विकास र राष्ट्रिय एकता बलियो बनाउन पनि मकवानपुरसहित देशैभर लोकतान्त्रिक गठबन्धनले जित्नु आवश्यक छ ।’ उपप्रधानमन्त्री समेत रहेका थापाले वाम गठबन्धनले बर्षौदेखि जितेर पनि जनताको सुखदुःखमा साथ नदिएका कारण यसपटक मतदाताले लोकतान्त्रिक गठबन्धनलाई रोज्ने दावी गरे ।

आफूले अवसर पाउँदा मकवानपुरमा विकासका धेरै काम गरेको भन्दै पुनः सहयोगका लागि आग्रह गरे । उनले यसअघिको निर्वाचनमा विजय हाँसिल गरेका नेपाली काँग्रेसका जिल्ला सभापति ईन्द्रबहादुर बानियाँले क्षेत्र नम्बर–१ मा देख्न सकिने विकास गरेको भन्दै यसको निरन्तरताको लागि प्रदेशसभामा काँग्रेसका उम्मेदवारहरु र प्रतिनिधिसभा सदस्य पदमा आफूले जित्नु आवश्यक रहेको बताए । मकवानपुर क्षेत्र नम्बर–१ मा गरेको विकासका कारण प्रतिनिधिसभामा उम्मेदवारी दिने अधिकार बानियाँलाई रहेपनि राष्ट्रिय राजनीतिमा देखिएको अधिनायकवादी प्रवृत्ति रोक्नका लागि मिलेर अघि बढ्नु परेको थापाले बताए । 

उनले निर्माणाधिन हेटौंडा–धरान–चतरा सडक, फाष्ट ट्«याक, कान्तिलोकपथलगायतका काम सम्पन्न गर्न पहल गर्ने, हेटौंडालाई ३ नम्बर प्रदेशको राजधानी बनाउन पहल गर्ने, प्रत्येक वडामा मोटरबाटो पु¥याउने लगायतका अठोट लोकतान्त्रिक गठबन्धनको रहेको जानकारी दिए । नेपाली काँग्रेसका केन्द्रीय नेता तथा केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजक बालकृष्ण खाडले  कम्यूनिष्टका चार पटक प्रधानमन्त्री हुदाँ पनि मुलुकले संविधान प्राप्त गर्न नसकेको उल्लेख गरे । लोकतान्त्रिक गठबन्धनले जितेमा देशमा शान्ति र समृद्धि प्राप्त गर्ने छ खाडले भने कम्युनिष्ट शासन लागूभएमा देश दुर्भाग्यतर्फ लम्कने छ । 

निर्वाचन लगत्तै थाहानगरपालिकामा कोल्ड स्टोरको निर्माण गर्ने उनको भनाइ रहेको छ । नेपाली काँग्रेसका समानुपातिक उम्मेदवार तथा अन्तराष्ट्रिय व्यवसाय बिनोद चौधरीले मकवानपुरको उत्तरी क्षेत्रलाई उद्योग, व्यवसायसँग सँगै औद्योगिक नगरको रुपमा विकास गर्ने बताए । कार्यक्रममा प्रतिनिधिसधा क्षेत्र नम्बर २ को प्रदेश २ का उम्मेदवार नेपाली काँग्रेस मकवानपुर सभापति ईन्द्रबहादुर बानियाँले अहिले हिंसा रोज्नेहरुले बाम गठबन्धन गरेको भन्दै शान्तिप्रिय जनताले लोकतान्त्रिक गठबन्धन रोज्नुको विकल्प नरहेको बताए ।

यसअघिको संविधानसभा निर्वाचनमा आफूले कम्युनिष्टको लालकिल्ला भत्काएको बताउँदै उनले प्रदेशसभामा आफू उम्मेदवार भएको साविकको क्षेत्र नम्बर ४ अहिलेको मकवानपुर क्षेत्र नम्बर २ को २ ‘ख’) मा पनि लालकिल्ला तोडिने दावी गरे । मकवानपुर क्षेत्र नम्बर १ मा आफू उम्मेदवार हुन सक्ने भएपनि कमल थापालाई छोडेर जिल्लाको विकासको सहयात्री बनेको बानियाँले बताए । उनले आफू भाषण भन्दा काम गर्ने नेता भएको दावी गर्दै आफूले जित्दा मकवानपुर क्षेत्र नम्बर १ मा ९० प्रतिशत प्रतिवद्धता पूरा गरेको बताए । उनले आफू क्षेत्र नम्बर–२ मा उम्मेदवार भए पनि निर्वाचन पछि क्षेत्र नम्बर–१ मा २० करोड रुपियाँ बराबरको योजना अघि बढाउने तयारीमा रहेको सुनाए । 

नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभाका क्षेत्र नम्बर २ का  पदका उम्मेदवार महालक्ष्मी उपाध्याय डीनाले थाहानगरपालिकालाई कृषि औदोगिकरण तथा पर्यटकहरुको गन्त्व्यको रुपमा विकास गर्ने बताइन् । मकवानपुर क्षेत्र नम्वर २ क का प्रदेश सभा सदस्य उम्मेदवार यतिराज सापकोटाले थाहानगरपालिकामा मेघा उद्योग स्थापना गर्नका निम्ति उद्योगपति विनोद चौधरी सँग सहकार्य गरी उद्योग स्थापना स्थानीय युवालाई बैदेशिक रोजगार रोकी रोजगारको सिर्जना गर्ने प्रतिबद्धता जनाएको बताए । चुनावी अभियान अन्तर्गत थाहानगरपालिका–३ मा भएको कार्यक्रममा नेकपा एमाले र नेकपा माओवादी केन्द्र पार्टी परित्याग गरी १ सय ५१ जना नेपाली काँग्रेसमा प्रवेश गरेका थिए ।  

नेपाली काँग्रेस मकवानपुरका निर्वतमान सभापति तथा २ नम्वर परिचालन समितिका संयोजक रघुरमण न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काँग्रेस मकवानपुरका समानुपातिक उम्मेदवार पवित्रता विक, थाहानगरका उपमेयर खड्क गोपाली, पार्टी सचिव बुद्धलामा, कोषाध्यक्ष गोपीलाल विश्वकर्मा, नेपाली काँग्रेस हेटौंडा नगर सभापति आनन्दराम पराजुली, राप्रपा जिल्ला सदस्य रामबहादुर घले, राप्रपा थाहानगरका अध्यक्ष हरेराम कार्की, तरुणदल मकवानपुरका अध्यक्ष ईश्वर पाठक, नेपाली काँग्रेस मकवानपुरका जिल्ला सदस्य भीमसेन महत, महासमिति सदस्य उमा दाहाल, महिला संघ जिल्ला सचिव निलम देवकोटालगायतको आतिथ्यता रहेको थियो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ