arrow

भवन भत्किदा दुइको मृत्यु

logo
प्रकाशित २०७४ मंसिर १४ बिहिबार
Death-body-nepali-simbol.jpg.jpeg

नयाँ दिल्ली ।  भारतको पश्चिमी राज्य गुजरातमा बिहीबार एक भवन भत्किँदा कम्तीमा दुई व्यक्तिको मृत्यु भएको छ । यस घटनामा परी अन्य दुई घाइते भएका छन् । 

बुधबार साँझ भालसाद जिल्लाको भापीमा सो दुर्घटना भएको बताइएको छ । प्रान्तीय राजधानी गान्धीनगरबाट करिब ३८० किलोमिटर टाढा रहेको स्थानमा सो घटना भएको बताइएको छ । 

भत्किएको भवनको भग्नावशेषबाट दुई व्यक्तिको शव निकालिएको र दुई जनालाई उपचारको लागि नजिकैको अस्पतालमा लगिएको प्रहरी अधिकारीले जानकारी दिएका छन् । 

भारतमा भवन भत्किएर हुने दुर्घटना पछिल्लो समयमा बारम्बार दोहोरिने गरेका छन् । भवन निर्माणमा कमजोर साम्रागीको प्रयोग गर्नेलगायतका कारण यस्तो हुने गरेको सर्वसाधारणको गुनासो रहँदै आएको छ । एएफपी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ