arrow

सिटौलाको किल्ला पुगेर ओलीले गफ लाए, ‘कम्युनिष्ट बलियो भएकै कारण संविधान जारी भो’

logo
प्रकाशित २०७४ मंसिर १४ बिहिबार
KP-oli-naya-news.jpeg

भद्रपुर । एमाले अध्यक्ष केपी शर्मा ओलीले विगतमा कम्युनिष्ट सक्षम नभएकै कारण राजनीतिक आन्दोलनबाट प्राप्त भएका उपलब्धि संरक्षण नभएको बताएका छन् ।

एमाले र माओवादी केन्द्र तथा राप्रपा संयुक्त प्रचारप्रसार समितिले झापाको निर्वाचन क्षेत्र नम्बर ३ मा गरेको चुनावीसभालाई सम्बोधन गर्दै उनले यसो भनेका हुन् ।

पूर्वप्रधानमन्त्री तथा झापा निर्वाचन क्षेत्र नं ५ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवारसमेत रहेका अध्यक्ष ओलीले कम्युनिष्ट पार्टी बलियो भएकै कारण नेपालको संविधान जारी भएको सुनाए ।

मुलुकलाई समृद्धिको बाटोमा लैजान उपलब्ध प्राकृतिक सम्पदाको उच्चतम प्रयोग गर्ने, कृषिलाई आधुनिकीकरण गर्ने, मुलुकलाई औद्योगिकीकरण गर्ने र सूचना प्रविधिलाई विकास एवं विस्तार गर्ने हाम्रो राष्ट्रिय एजेण्डा भएको बताउँदै नेता ओलीले विविधता र अनेकतामा रहेको हाम्रो मुलुकलाई एक सूत्रमा बाँधेर अघि बढ्ने विश्वास दिलाए ।

उनले वाम गठबन्धनका तर्फबाट झापा प्रत्येक निर्वाचन क्षेत्रमा बनेका उम्मेदवारलाई इमान्दारीपूर्वक मत हाल्न गठबन्धनमा आवद्ध सबैलाई आग्रह गरे ।

माओवादी केन्द्र स्थायी कमिटीका सदस्य एवं झापा निर्वाचन क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार सुरेन्द्रकुमार कार्कीले आसन्न निर्वाचनले जनताको भविष्य निर्धारण गर्ने भएकाले जनताको काम गर्ने पार्टीका उम्मेदवारलाई आम नागरिकले जिताउनुपर्ने बताए ।

कार्यक्रममा झापा निर्वाचन क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार तथा राप्रपाका महामन्त्री राजेन्द्रकुमार लिङ्देनले विगतमा नभएका विकास आफूले पाँच वर्षमै गरेर देखाउने र नसके फेरि पनि जनताको अगाडि मत माग्न नआउने बताए ।

सभामा झापा निर्वाचन क्षेत्र नम्बर ३  प्रदेशसभा (क) का वसन्त बानियाँ र (ख) का पूर्णसिंह राजवंशीले असल समाज निर्माण गर्न र विकासको गतिलाई तीव्र पार्न वाम गठबन्धनको उम्मेदवारलाई मत हाल्न आम जनतालाई अनुरोध गरे । झापा ३ मा प्रतिनिधिसभामा काँग्रेसबाट यसअघि संविधानसभा सदस्य निर्वाचित भएका कृष्ण सिटौला मैदानमा छन् । सिटौलासँग राप्रपाका राजेन्द्र लिङदेन प्रतिस्पर्धामा छन् । उनलाई एमाले र माओवादी केन्द्रको गठबन्धनको साथ छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ