arrow

अमेरिकी समय नोबेम्वर ३० तारिक भित्र सगुनको लगानी फर्म भरिसकेका लगानीकर्ताले पैसा वायर गर्न थप समय दिइने

logo
प्रकाशित २०७४ मंसिर १४ बिहिबार
sagoon_final_logo.jpg

काठमाडौं । नेपालीले स्थापना गरेको आइटी स्टार्ट अप कम्पनी सगुनले निस्कासन गरेको मिनी आइपिओमा लगानी गर्न पाउने अबधि अब केही घण्टा मात्र बाकी छ । अमेरिकी नियामक सेक्युरिटी एक्स्चेन्ज कमिसन (एसइसी) एक्सचेन्जबाट अनुमति पाएर मिनी आइपिओ निस्कासन गरेको सगुनमा पछिल्लो समय लगानीकर्ताहरुको ओइरो लागेको छ । सगुनले अमेरिकी समयअनुसार नोभेम्बर ३० को मध्यरातसम्म आवेदन लिने जनाएको छ । लगानी गर्न फर्म भरिसकेका लगानीकर्ताले बिभिन्न कारणले बैकबाट वायर गर्न नसकेको खण्डमा थप केही सयम उपलब्ध गराउने सगुनले बताएको छ । एकहप्तासम्म समय दिइए पनि जतिसक्दो चाँडो वायर गर्न समेत आवहान गरेको छ ।


सगुनको आइपिओमा विश्वभरबाट लगानी गर्न सकिन्छ । नेपालको कानुनले विदेशमा लगानी अझै खुलाइनसकेको कारण नेपाल भित्रबाट भने लगानी गर्न सकिदैन तर बिदेश बस्ने बैक खाता भएका ब्यक्तिहरुले भने लगानी गर्न सक्नेछन् । सगुनको मिनि आइपीओमा प्रतिकित्ता २३ रुपैयाँ दरका सेयर कम्तीमा १ हजार डलर लगानी गर्न सकिन्छ । सगुनले सेयर किन्न आवेदन फारम भरिसकेकाहरुलाई वायर ट्रान्सफर गरेर पैसा पठाउन भने थप एक साता समय दिने बताइउको छ ।

कसरी गर्ने आवेदन ?
सगुनमा लगानी गर्न www.sagoon.com/invest लिंकमा गएपछि पहिलो चरणमा आफ्नो नाम, इमेल ठेगाना, ब्यक्तिगत, सामुहिक, कम्पनी, ट्रस्टमध्ये केबाट लगानी गर्ने हो भनेर खुलाउनु पर्छ । त्यसपछि कति डलर लगानी गर्ने, कति सेयर संख्या बराबर भन्ने छनौट गर्नु पर्छ । त्यहाँ विभिन्न चार वटा अप्सन आउँछ । अमेरिकामा बस्नेहरुका लागि इलेक्ट्रोनिक चेक, चेक मेल गरेर, क्रेडिट-डेविट कार्डमार्फत र वायर ट्रान्सफर गरेर सगुनलाई रकम पठाउने सुविधा हुन्छ । अमेरिकाबाहेकका अन्य मुलुकबाट भने क्रेडिट-डेविट कार्डमार्फत र वायर ट्रान्सफर गरेर मात्र रकम बुझाउने विकल्प छन् । अष्ट्रेलिया र भारतबाट बैकबाट वायर गरेर मात्र गर्न सकिनेछ ।
यसपछि सुरु हुन्छ दोस्रो चरणको विवरण भर्ने । यस चरणमा लगानीकर्ताको जिप कोड सहितको ठेगाना, मोवाइल नम्बर जन्म मिति लगायत भर्नु पर्छ ।

तेस्रो चरणमा बार्षिक आम्दानी खुलाउनु पर्छ । बार्षिक २ लाख डलरसम्म आम्दानी गर्नेहरुले अमेरिकामा कमाइको १० प्रतिशतसम्म सेयरमा लगानी गर्न सक्छन् । त्यसभन्दा बढी कमाइ गर्नेका लागि भने लगानी गर्ने रकमको सीमा छैन । फर्मको अर्को चरणमा कम्पनीसँग केही बुँदामा सम्झौता गर्नु पर्ने हुन्छ । त्यहाँ आफ्नो पूरा नाम हालेर हस्ताक्षर गर्नु पर्छ । हस्ताक्षर विद्युतीय हुन्छ । यसमा नाम लेखेर हस्ताक्षर गर्न सकिनेछ ।
त्यसपछि रकम तिर्ने क्रेडिट-डेविट कार्डको नम्बर, सुरक्षा नम्बरलगायतको विवरण फर्ममा भर्नुपर्छ । यसपछि रकम सगुनको सेयर निस्कासन प्रत्याभूती गर्ने कम्पनीको खातामा जान्छ ।

सगुनमा लगानी भिसा, मास्टर कार्ड, डिस्कोभर कार्डबाट सकिन्छ । क्रेडिट कार्डमा भ्यालिड सेक्युरिटी कोड भने हुनै पर्छ । एकभन्दा बढी क्रेडिट कार्डबाट जोडर एकमुष्ट रकम पठाउँछु भन्न मिल्दैन । जति रकमको सेयर किन्ने हो, एउटै क्रेडिट कार्डबाट भुक्तानी दिनु पर्छ । साथै बैक खाता भएका ब्यक्तिले बैकबाट वायर ट्रान्सफर गरेर समेत लगानी गर्न सक्नेछन ।

अन्तिम समयसम्म कुरेर लगानी गर्नुभन्दा समयमै आवेदन गर्नु उपयुक्त हुन्छ । सगुनले लगानी गर्न चाहनेहरुका लागि नेपाल, भारत र अमेरिकामा रहेका आफ्ना प्रतिनिधिहरुलाई चौबीसै घन्टा सहयोगका लागि खटेका छन, सगुन डटकम/इन्भेष्ट पेजमा भएको लाइभ च्याटबाट सबै कुरा बुझ्ने ब्यवस्था मिलाएको छ । लगानीकर्ताले केही समस्या भोग्नु परे उनीहरुले तुरुन्तै समाधान गर्ने छन् । सगुनको आधिकारिक पेजमा यस सम्बन्धी सम्पूर्ण विवरण अध्यावधिक गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ