arrow

काठमाडौंको कमलादीमा गोली चलाउने २ भारतीयलाई जेल

logo
प्रकाशित २०७४ मंसिर १४ बिहिबार
indian.JPG

काठमाडौं । एक महिनाअघि डान्सबारमा गोली हान्ने दुई भारतीय नागरिक जेल परेका छन् । काठमाडौं जिल्ला अदालतले उनीहरुलाई जेल चलानको आदेश दिएको हो ।

काठमाडौंको कमलादीस्थित एक डान्सवारमा गोली चलेपछि गएको १५ कात्तिकमा पक्राउ परेका जसवीर सिंह र हरदेवेन्दर सिंहलाई ज्यान मार्ने उद्योगको अभियोगमा पुर्पक्षका लागि जेल पठाउने आदेश भएको हो ।

यी दुई भारतीय नागरिकविरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौंमा हातहतियारबारेको मुद्धा समेत दर्ता भएको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी बेलबहादुर पाण्डेले बताएका छन् । जसवीर लुधियानाका पूर्वसरपञ्च तथा हरदेवेन्दर भारतको केन्द्रीय विद्युत् प्राधिकरणका कर्मचारी भएको अनुसन्धानबाट  खुल्न आएको छ ।

कमलादीको हेरिटेज प्लाजामा रहेको डान्सबारमा पैँसा तिर्ने क्रममा विवाद भएपछि उनीहरु गोली चलाएर भागेका थिए । भाग्ने क्रममा पेस्तोल र ५१ राउन्ड गोलीसहित दुवै प्रहरीको फन्दामा परे ।

घटनाको अघिल्लो दिन मात्र उनीहरू भारतीय नम्बर प्लेटको सुजुकी स्विफ्ट कार चढेर सुनौली नाका हुँदै नेपाल आएका थिए । कार प्रहरीले बरामद गरिसकेको छ ।

ठमेलको एक होटेलमा बसेका उनीहरू युवती खोज्दै कमलादीको डान्सबार पुगेका थिए । डान्सबारमा २२ हजारको बिल उठेपछि उनीहरूले कर्मचारीसँग झगडा गरेका थिए ।

आफूहरूमाथि कुटपिट हुन लागेपछि तर्साउन गोली चलाउनुपरेको उनीहरूले बयान दिएका छन् । सुरुमा उनीहरु कसैलाई मार्ने उद्देश्यले आएको सुटर भएको भनि प्रहरीले शंका गरेको थियो । अहिलेसम्मको अनुसन्धानमा कसैको लागि काम गर्न आएको वा त्यस्तो उद्देश्य नखुलेको प्रहरीको भनाई छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ