arrow

यात्रा छोट्याउन सुरुङ योजना, पाँच सुरुङ मार्ग बनाउन अध्ययन

logo
प्रकाशित २०७४ मंसिर १५ शुक्रबार
surung-marga.jpeg

काठमाडौं । सरकारले पाँच नयाँ सुरुङ मार्ग निर्माणको अध्ययन सुरु गरेको छ ।

भौगोलिक बनावटको कारण लामो यात्रालाई छोट्याएर सवारी गुडाउन सुरुङ मार्ग निर्माण गर्ने प्रक्रिया सुरु गरेको हो ।

दुईवटा सुरुङ मार्ग निर्माण गर्न प्रारम्भिक अध्ययन सुरु गरिएको सडक विभागका महानिर्देशक गोपालप्रसाद सिग्देलले बताए । ‘नौबिसे–नागढुंगा सुरुङ मार्गको काम अघि बढेको छ,’ उनले भने, ‘अन्य सम्भावित ठाउँमा पनि अध्ययन अघि बढेको छ ।

पोखराको हेम्जादेखि नागडाँडा–काँडे–लुम्ले सडकलाई छोट्याउन हेम्जा–नयाँ पुल सुरुङ मार्गको अध्ययन सुरु गरिएको छ । त्यसैगरी नवलपरासीको दाउन्ने, विपी राजमार्गमा पर्ने खुर्कोट–सिन्धुली बनार, कुलेखानी–हेटौंडा सुरुङ मार्ग रहेका छन् । 

त्यसैगरी नुवाकोट जोड्ने टोखा–छहरेमा सुरुङ मार्ग बनाउने सरकारी योजना छ । (नागरिक दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ