arrow

नेपाली फुटबल टोलीलाई स्वागत गर्न को को पुगे एयरपोर्ट ?

नेपाली टोलीको खेलप्रेमीहरुबाट भव्य स्वागत; मन्त्रीहरुलाई भने फुर्सद भएन

logo
गोविन्द अधिकारी,
प्रकाशित २०७२ माघ ९ शनिबार
football1.jpg.jpeg
काठमाडौं। २३ वर्षपछि अन्तर्राष्ट्रिय फुटबलमा उपाधि जितेको नेपाली फूटबल टोली शनिवार स्वदेश फर्किएको छ। टिम नेपाल फर्कने क्रममा स्वागत गर्न त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा भेला भएका सयौं शुभेच्छुकहरुले उनीहरुलाई भव्य स्वागत गरेका छन्। टोली बिमान बंगलादेशबाट दिउँसो २ बजेर १० मिनेटमा नेपाल आइपुगेको हो। खेलाडी तथा अफिसियलहरुलाई स्वागत गर्न आफन्त खेलप्रेमीहरु लामोसमयदेखी एयरपोर्टमा थिए। उनीहरु आआफ्नो मोवाइलमा उनीहरुका तस्विर र भिडियो खिच्न लालायित थिए।
 
फुटबल म्याच फिक्सिङ प्रकरणमा अनुसन्धान गरेर वाहवाही पाएका एसएसपी सर्वेन्द्र खनाल पनि खेलाडीहरुलाई स्वागत गर्न एयरपोर्ट पुगेका थिए। राखेप र एन्फाका अधिकारीहरु बाहेक अन्य सरकारी अधिकारीहरु एयरपोर्टमा खासै देखिएनन। सरकारमा रहेका ४० मन्त्रीहरुलाई भने एयरपोर्ट पुग्ने फुर्सद देखिएन।
 
नेपालले शुक्रबार ढाकामा बहराइन यु २३ लाई फाइनलमा ३–० गोल अन्तरले हराउँदै उपाधिको खडेरीलाई तोडेको थियो । टोलीलाई बाजागाजासहित एयरपोर्टबाट गौशाला, नयाँ बानेश्वर, सिंहदरबार, भद्रकाली, रत्नपार्क हुँदै दशरथ रंगशाला लगेको छ। एन्फाले विजेता टोलीका प्रत्येक सदस्यलाई ५ लाख र राखेपले २ लाख रूपैयाँ पुरस्कार दिने घोषणा गरिसकेको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ