arrow

हाम्रो स्पष्ट बहुमत आउछ : देउवा

logo
प्रकाशित २०७४ मंसिर १५ शुक्रबार
deubas1.jpg

धनगढी(कैलाली)। प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचनलाई लक्षित गरेर अराजक तत्वहरूले देशका विभिन्न भागमा गराइरहेको बिस्फोटका घटना निन्दनीय भएको बताएका छन् ।
 
धनगढीमा शुक्रबार धनगढीमा सञ्चारकर्मीहरूसंग कुरा गर्दै प्रधानमन्त्री देउवाले सानातिना बिस्फोटका घटनाबाट सरकार विचलित नहुने बताए ।
 
उनले कतिपय स्थानमा भएका बिष्फोटनका घटनामा संलग्नहरूलाई सरकारले नियन्त्रणमा लिइसकेको बताए ।“सरकारले यस्ता अराजक तत्वरूलाई कुनै पनि हालतमा छोड्दैन” उनले आम मतदातालाई निर्भयपूर्वक मतदान गर्न आह्वान गरे।
 
प्रधानमन्त्री देउवाले सरकारले निर्वाचनलाई निष्पक्ष र धाँधलीरहित बनाउन कुनै कसर बाकी नराखेको बताए ।
 
नेपाली कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री देउवाले आसन्न प्रतिनिधि सभा तथा सबै प्रदेश सभा सदस्य निर्वाचनमा कांग्रेसको पूर्ण बहुमत प्राप्त हुने बताए । “कांग्रेसको बहुमत आउनेमा कुनै शंका छैन” उनले भने,“पहिलो चरणको निर्वाचनले कांग्रेसमा देशभर उत्साह थपिएको छ, हाम्रो स्पष्ट बहुमत आउछ ।”
 
प्रधानमन्त्री देउवाले आजै अछाम र डोटीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ