arrow

रुकुममा पहिलो पटक विद्युतमार्फत लिफ्ट गरेर गाउँमा खानेपानी

logo
लोकेन्द्र खनाल,
प्रकाशित २०७४ मंसिर १५ शुक्रबार
rukum1.JPG

रुकुम।  जिल्लामै पहिलोपटक विद्युतिय उपकरण प्रयोग गरेर लिफ्टमार्फत खानेपानी आयोजना निर्माणको सञ्चालन भएको छ । जिल्लाको मुसिकोट नगरपालिका ११ भलाक्चामा विद्युतमार्फत गाउँभन्दा करिब तीन सय २० मिटर तलको पानीलाई तानेर गाउँमा बाँड्ने गरी आयोजना सुरु भएको हो ।

एक वर्षअघिदेखि निर्माण कार्य सुरु गरिएको सो आयोजनाको अहिले मुहानदेखि २ सय मिटर माथिसम्म खानेपानी पुर्‍याउन सफल भएको छ । खैरे खोला मुहानबाट ३ सय २० मिटर माथिको भलाक्चा गाउँमा पानी पुर्‍याइएको हो । जिल्लामा विद्युतबाट खानेपानी लिफ्ट गर्न लागिएको यो पहिलो आयोजना हो । योभन्दा अघि सौर्य ऊर्जाबाट स–साना योजना भने बनेका छन् ।

जिल्ला खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय रुकुमको आर्थिक सहयोगमा खानेपानी आयोजना निर्माण हुन लागेको हो । विद्युतको सहायताले पहिलोपटक यति लामो दुरीमा लिफ्ट गरेर खानेपानी ल्याउने आयोजना सम्पन्न हुन लागेको कार्यालयका प्रमुख इन्जिनियर विकेश वधानथाछेल बताए । गाउँभन्दा माथि खानेपानीको मुहान नभएपछि उक्त प्रविधि प्रयोग गरेर गाउँमा खानेपानी ल्याउन लागीएको उनको भनाइ छ ।

गत वर्षबाट सुरु यो आयोजनाको अहिले मुहानबाट २ सय मिटर माथि पहिलो चरणको लिफ्ट गरेर पानी गाउँमा पुर्‍याएको छ । गाउँमा भन्दा २ सय मिटर तलबाट आएको पानीको गति प्रतिसेकेन्ड साढे लिटर रहेको छ । २ सय मिटर माथिसम्म प्रतिसेकेन्ड साढे दुई लिटर तान्नुलाई प्राविधिक रूपमा राम्रो मानिने प्रमुख वधानथाछेले बताए । पहिलो मोटरको सहायताले २ सय मिटर माथि पानी लिफ्ट भएको र अब अर्को ठाउँमा ट्याङ्की निर्माण गरेर फेरी १ सय २० मिटर माथि लिफ्ट गरिने बताइएको छ ।

२ करोड ४० लाखको लगानीमा निर्माण हुने सो आयोजनामा एक घर, एक धारा निर्माणको अवधारणा राखिएको छ । आयोजना निर्माण भएपछि मुसिकोट नगरपालिका ११ का १ सय ४० घरधुरी भन्दा बढि स्थानीय र त्यहाँका वडा कार्यालय, स्वास्थ्य चौकी तथा विद्यालयले प्रत्यक्ष रुपमा लाभा लिने कार्यालयको भनाई छ । गाउँभन्दा तलको पानी पहिलो पटक गाउँमा आएपछि स्थानीयहरु पनि निकै खुशी भएका छन् ।

बर्षौ देखी घण्टौं हिडेर एक गाग्री खानेपानीले दैनिकी सञ्चालन गर्नुपर्ने बाध्यतामा रहेको यहाँका स्थानीयहरुमा अहिले घर घरमै खानेपानीका धारा निर्माण हुन थालेपछि खुशीको सिमानै छैन् । उनिहरुले अब आफ्ना दुःखका दिनहरु सकिएका बताउने गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ