arrow

राष्ट्रपति निर्वाचनपछि मन्त्रिपरिषद्लाई पूर्णता

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
2144191570.jpeg
काठमाडौ। राष्ट्रपति निर्वाचन नभएसम्म मन्त्रिपरिषद्ले पूर्णता नपाउने भएको छ । नयाँ पत्रिका दैनिकमा समाचार छ। अहिल्यै मन्त्रिपरिषद्लाई पूर्णता दिँदा राष्ट्रपतिको निर्वाचन प्रभावित हुनसक्ने भएकाले ढिलाइ गरिएको एमालेका एक पदाधिकारीले बताए । अहिल्यै मन्त्रिपरिषद्लाई पूर्णता दियो भने राष्ट्रपति निर्वाचनमा सत्तारुढ दल र दलभित्रै सभासद्हरूको पनि ‘भोट क्रस’ हुने डरले प्रधानमन्त्री ओलीले यसमा धेरै इच्छा नदेखाएको ती पदाधिकारीको दाबी छ ।
 
त्यही भएर पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले स्थायी समिति बैठक नबोलाएका हुन् । ओली आफैँ संयोजक रहेको शीर्ष नेता सम्मिलित कार्यदलको बैठक बसेर सम्भावित मन्त्रीहरूको नाम अन्तिम निर्णयका लागि स्थायी समिति बैठकमा लैजाने निर्णय बिहीबार बसेको स्थायी समिति बैठकले गरेको थियो ।
 
तर, त्यो निर्णय भएको चार दिन बितिसक्दा पनि कार्यदलको समेत बैठक बसेको छैन । ‘संस्थागत निर्णय नगरी प्रधानमन्त्रीले विगतमा जस्तै आफूखुसी निर्णय गर्ने भए त्यो सबै उनको मुडमा भर पर्ने कुरा हो, भोलि नै मन्त्रिपरिषद् विस्तार गर्न पनि सक्छन्,’ ती पदाधिकारीले नयाँ पत्रिकासँग भने । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ