arrow

डोटीमा देउवाको भाषण सुन्न आए हजारौ स्थानीय

'काँग्रेसले जनतालाई मालिक मान्दछ, हामी शान्ति र समृद्धि दिन्छौं' : देउवा

logo
प्रकाशित २०७४ मंसिर १५ शुक्रबार
Mangalsen_4.jpg

धनगढी । प्रधानन्त्री तथा नेवाली काँग्रेस सभापति शेरबहादुर देउवाले शुक्रबार प्रदेश नम्बर ७ का दुई जिल्लाका चार ठाउँमा विशाल चुनावी सभामा सहभागी भएका छन् । शुक्रबार बिहान मात्रै राजधानीबाट धनगढी आइपुग्नु भएका प्रधानमन्त्री देउवाले डोटीको बोगटान र सायल तथा अछामको मंगलसेन र साँफेबगरमा आयोजित चुनावी सभालाई सम्बोधन गरे ।
 
‘नेपाली काँग्रेसले जनतालाई मालिक मान्दछ’ अछामको सदरमुकाम मंगलसेनमा आयोजित सभामा प्रधानमन्त्री देउवाले भने– काँग्रेसले नै नेपाली जनतालाई रैतीबाट नागरिक बनाउने क्रान्तिको नेतृत्व गरेको हो । उनले बाम गठबन्धनका नाममा एमाले तथा माओवादी केन्द्रले नेपालमा एकदलीय कम्युनिष्ट अधिनायकवाद लाद्न खोजेको बताए ।
 
सुदूरपश्चिमको विकासका लागि अरु कुनै पार्टीले सिन्को समते नभाचेको चर्चा गर्दै उनले भने– तपाईंहरू काँग्रेसलाई जिताउनुहोस्, यो प्रदेशको तीब्र आर्थिक समृद्धिको जिम्मेवारी म लिन्छु ।  प्रधानमन्त्रीले मंगलसेनदेखि चिसापानीसम्मको बहुप्रतिक्षित द्रुत मार्गको निर्माण कार्य छिट्टै पुरा हुने बताए  ।
 
यस्तै, डोटीको बोगटान गाउँपालिका चमराचौतामा भएको चुनावी सभामा प्रधानमन्त्री देउवाले एक पटक पुनः नेपाली जनताले अधिनायकवादी शासनविरुद्ध लोकतन्त्रका पक्षमा उभिनुपर्ने वेला आएको चर्चा गरे।
‘नेपाली जनताले जहानिया राणा शासन, एकदलीय पञ्चायती शासन तथा राजाको निरंकुशताविरुद्ध संघर्ष गरेर लोकतन्त्रको स्थापना तथा रक्षा गरेका छन्’ उनले भने– तपाईहरूले फेरि एक पटक संविधान च्यातेर कम्युनिष्ट अधिनायकवाद लाद्न खोज्नेहरूलाई परास्त गरेर लोकतान्त्रिक शासनको रक्षा गर्नुपर्ने वेला आएको छ ।
प्रधानमन्त्रीले सहजपुर–बोगटान–दिपायल द्रुत मार्ग छिट्टै कालोपत्रे गरि सो मार्गको नाम सिद्धराज ओझा मार्ग नामाकरण गरिने बताए ।
 
सभामा भौतिक योजना तथा यातायात व्यवस्था मन्त्री तथा प्रतिनिधि सभा सदस्य उम्मेदवार वीरबहादुर बलायर, प्रदेश सभा सदस्य उम्मेदवार योगन्द्रबहादुर शाही, धनगढी उपमहानगरपालिकाका मेयर नृपबहादुर वड, काँग्रेसका आमन्त्रित केन्द्रीय सदस्य आनन्द बिष्ट, सिखर नगर प्रमुख सीताराम जोशी, बडिकेदार गाउँपालिका अध्यक्ष कृष्णबहादुर चन्द, लक्ष्मीराज पाठक लगायतले मन्तव्य व्यक्त गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ