arrow

पहिलो चरणमा बहुमत र दोस्रो चरणमा पनि अग्रस्थानमा आउने आँकलन छ : खाँण

logo
प्रकाशित २०७४ मंसिर १५ शुक्रबार
khad.JPG

सानेपा(ललितपुर) । नेपाली कांग्रेसले पहिलो चरणमा बहुमत सिटमा जित्ने र दोस्रो चरणमा पनि पार्टी अग्रस्थानमा आउने बताएको छ ।
 
नेपाली कांग्रेस प्रचार प्रसार समन्वय उपसमिति केन्द्रीय मिडिया सेन्टरको आयोजनामा नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा शुक्रवार आयोजित आर्थिक समृद्धि र विकास समन्वय उपसमितिको कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन २०७४ को निर्वाचन परिचालन समितिका संयोजक बालकृष्ण खाँणले सो कुरा बताएका हुन् ।
 
“पहिलो चरणमा राम्रो पोजिशन आएको छ, ३८ स्थान मध्ये बहुमत हाम्रो आउछ भन्ने आँकलन छ” नेता खाँणले भने,“दोस्रो चरणका १२८ स्थानमा पनि धेरै स्थानमा हामी अग्रस्थानमा छौ।”उनले यसबीचमा नेपाली कांग्रेसको पक्षमा जनमत अझ राम्रो भएको पनि दावी गरे।
 
उनले भने,“पहिलो चरणको निर्वाचनमा सहभागी भएका नेताहरु पनि यो चरणमा परिचालित हुनुभएको छ र केन्द्रीय प्रतिनिधिहरु पनि खटिनुभएको छ , यसले नेपाली कांग्रेसको पक्षमा राम्रो माहोल बनाएको छ ।”
 
उनले यो निर्वाचनमा नेपाली कांग्रेसले उठाएका मुद्दाहरु पनि निकै सान्दर्भिक भएको बताए । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन परिचालन समितिको संयोजक रहेका नेता खाँणले यसपटक नेपाली कांग्रेसले उठाएको आर्थिक समृद्धि र लोकतन्त्रको संरक्षणको मुद्दा निकै सान्दर्भिक भएको पनि बताए ।
 
उनले समृद्ध नेपाल बनाउने अभियानको थालनी नेपाली कांग्रेसले मात्र गरेको पनि बताए ।
 
उनले नेपालको विकासलाई द्रुत गतिमा लैजान स्वदेशी एवम् विदेशी लगानीको संरक्षणको ग्यारेण्टी गर्ने र देशमा दिगो शान्ति र राजनीतिक स्थायित्व कायम गर्दै  समृद्धि हासिल गर्न शिक्षा, स्वास्थ्य, रोजगारीलाई प्राथमिकता दिएर आत्मसम्मानका साथ नेपाललाई गरेर खान सक्ने मुलुकको रुपमा स्थापित गर्न नेपाली कांग्रेसले कार्यक्रम तर्जुमा गरिसकेको पनि बताए ।
 
उनले यसका लागि प्राकृतिक स्रोत साधनको अधिकतम उपयोग गर्ने र नेपाली पूँजी नै चलायमान गर्ने पनि बताए ।
 
पत्रकार सम्मेलनमा नेपाल जस्तो धार्मिक, सांस्कृतिक, भौगोलिक, जातिय , जैविक विविधतालाई नेपाली कांग्रेसले आन्तरिक जीवनमा पनि समाहित गरेको र बामपन्थीहरुले उपयोग मात्र गरेकोले निर्वाचनमा नेपाली कांग्रेसको पक्षमा माहोल तयार भएको बताए ।
 
नेपाली कांग्रेसका केन्द्रीय सदस्य खाँणले नेपाली जनताबाट निर्वाचित जनप्रतिनिधिहरुको संविधान सभाले संविधान बनाएपछि राजनीतिक स्थायित्व भएकोले शान्तिको स्थापना र समृद्ध नेपाल बनाउने लक्ष्य प्राप्तीका लागि दशकौंसम्म निजी क्षेत्रमा संलग्न भएका नेपालीहरुको अनुभव पार्टीले लिन थालेको उल्लेख गरे।
 
उनले ऊर्जाशील,उद्यमशील र क्षमताशील नेपालीलाई पार्टीले संगठनमा समाहित गर्नेक्रममा नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिसंघका पूर्व अध्यक्ष एवम् नेपालका प्रसिद्ध उद्योगपति विनोद चौधरीलाई समेत पार्टीमा समाहित गरेर आर्थिक समृद्धि र किवास समन्वय उपसमितिको संयोजकको जिम्मेवारी दिएको बताए ।
 
सो पत्रकार सम्मेलनमा आर्थिक समन्वय र विकास उपसमितिका संयोजक विनोद चौधरीले सामाजिक एवम् आर्थिक विकासको रोड म्याप पनि सार्वजनिक गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ