arrow

कम्युष्टिहरू जनताको अधिकार खोस्न खोज्दैछन् : प्रधानमन्त्री देउवा

logo
प्रकाशित २०७४ मंसिर १५ शुक्रबार
PM_@_Sanfe_8.jpg

साँफेबगर, अछाम । प्रधानमन्त्री शेरबहादुर देउवाले बाम गठबन्धनका नाममा कम्युनिष्टहरूले नागरिकको अधिकार खोसेर एकदलीय अधिनायकवादी शासन लाद्न खोजेको बताएका छन् ।

नेपाली काँग्रेसले शुक्रबार अछामको साँफेबगरमा आयोजित चुनावी सभामा प्रधानमन्त्री देउवाले भने– काँग्रेसले सधैं नागरिक अधिकारको रक्षा गर्छ, जनतालाई मालिक बनाउँछ, तर कम्युनिष्टहरूले जहाँ पनि नागरिक अधिकार खोसेर दास बनाउन चाहन्छन् । ‘तपाईंहरू भोट खसाल्नुअघि एक पटक सोच्नुस्’ उनले सभामा उपस्थित हजारौ जनतालाई आह्वान गरे– अब सधैं शासकको दास बन्ने कि मुलुकको मालिक बन्ने तपाईहरूको हातमा छ ।

उनले सुदूरपश्चिममा जेजति पनि विकास भएको छ, सबै काँग्रेसका कारण मात्रै भएको दोहोर्‍याए । ‘सिलगडी–साफेबगर–मंगलसेन सडक, कैलाश जलविद्युत र अछामलाई राष्ट्रिय विद्युत प्रसारण लाइनमा जोड्ने काम सहित अछामको विकासका लागि काँग्रेस नेतृत्वको सरकारले नै काम गरेको छ’ उनले भने– अब हामी विकासको गति अझ तीब्र बनाउने छौं ।
 
चुनावी सभामा अछाम क्षेत्र नम्बर १ प्रतिनिधि सभा सदस्यका उम्मेदवार भरतकुमार स्वारले आफुले सांसदका हैसियतमा सरकारबाट पाउने कुनै सेवासुविधा नलिने घोषणा गरे।
 
सभामा प्रदेश सभा सदस्यका उम्मेदवारद्वय मेघराज खड्का र टेकबहादुर साउद, पूर्व राज्यमन्त्री गोविन्दबहादुर शाह, पूर्व राजदूत बलबहादुर कुँवर, नेता नैनसिंह केसी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ