arrow

डडेल्धुरामा निर्वाचित जनप्रतिनिधि नै आए कांग्रेसमा

logo
टेकराज अवस्थी,
प्रकाशित २०७४ मंसिर १५ शुक्रबार

डडेल्धुरा ।  डडेल्धुरा जिल्लाको अजयमेरु गाउँपालिका वडा नं. ४ चिपुरका स्थानीय निर्वाचनमा जननिर्वाचित प्रतिनिधि नेपाली काँग्रेस प्रवेश गरेका छन् ।  नेकपा माओबादी केन्द्र डडेल्धुराबाट निर्वाचित भएका वडा नं. ४ का ५२ वर्षिय मदन भाट कांगेसमा प्रवेश गरेका हुन् ।  उनलाई काँग्रेस जिल्ला सभापति तथा प्रदेश क्षेत्र नं. २ का प्रत्यक्ष उम्मेदवार कर्ण बहादुर मल्लले खादा र टिका लागाई पार्टीको सदस्यता प्रदान गरे।
 
पार्टी प्रवेश कार्यक्रममा भाटले माओबादी केन्द्रले आफ्नो सिद्धान्त बेचेर एमालेसँग बिलिन हुन लागेको आफूलाई मन नपरेको बताए । उनले संबिधान जारी गर्ने र देशको लागि केहि गर्न सक्ने पार्टी काँग्रेस भएको ठहर गर्दै पार्टी प्रवेश गरेको बताए ।
 
यस्तै अजयमेरु गाउँपालिका वडा नं. २ बस्ने बाशुदेव भट्ट पनि नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । भट्ट स्थानीय निर्वाचनमा राप्रपाका तर्फबाट वडाध्यक्षका पराजित प्रत्यासी हुन ।

साथै गन्यापधुरा गाउँपालिका वडा नं ३ गर्खा निवासी नेकपा माओबादी केन्द्रका संगठित सदस्य दान बहादुर बोहराले पनि नेपाली काँग्रेसको सदस्यता लिएर लोकतान्त्रिक गठबन्धनलाई खुलेर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन ।

नेकपा एमाले र नेकपा माओबादी केन्द्रबीच भएको बाम एकता प्रकृया प्रति डडेल्धुराका धेरै कार्यकर्ताहरु रुष्ट देखिएपछि काँग्रेसमा आएको जनलहरसँगै पार्टी प्रवेशको होडबाजी नै चलेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ