arrow

विश्वकप फुटबलको ड्र सार्वजनिक, यसपटक ‘नो ग्रुप अफ डेथ’

logo
प्रकाशित २०७४ मंसिर १६ शनिबार
world-cup-football-2018.jpg

मास्को । सन् २०१८ को विश्वकप फुटबलको ड्र सार्वजनिक भएको छ । यसपटक कुनै पनि समूह ग्रुप अफ डेथमा परेन । अर्थात् यसपटक उपाधिका दावेदारहरु एउटै समूहमा परेका छैनन् । 

आयोजक रुसले पनि सजिलो प्रतिद्धन्द्धी पाएको छ । रुसको राजधानी मास्कोमा सम्पन्न ‘ड्र’ मा रुसको समूह ‘ए’ मा दुईपल्टको विजेता उरुग्वेसहित इजिप्ट र साउदी अरेबिया परेका छन् ।

समूह ‘बी’ मा पूर्वविजेता स्पेनसँगै पोर्चुगल, र्इरान र मोरक्को छन् । 

समूह ‘सी’ मा सन् १९९८ को विजेता फ्रान्स, पेरु, डेनमार्क र अस्ट्रेलिया परेका छन् । 

दुईपल्टको विजेता अर्जेन्टिना रहेको समूह ‘डी’ मा क्रोएसिया, नाइजेरिया र पहिलो पटक विश्वकप खेलिरहेको आइसल्यान्ड छन् । 

सर्वाधिक पाँचपल्ट विश्वकप जितेको ब्राजिलले समूह ‘ई’ मा स्वीट्जरल्यान्ड, कोस्टारिका र सर्बियासंग खेल्नेछ ।

समूह ‘एफ’ मा डिफेन्डिङ च्याम्पियन जर्मनीसँगै मेक्सिको, स्विडेन र दक्षिण कोरियाले प्रतिस्पर्धा गर्नेछन् । 

समूह ‘जी’ मा सन् १९६६ को विश्वकप विजेता इंगल्याण्डसंगै  बेल्जियम, ट्युनिसिया र नवप्रवेशी पानामा छन् । 

समूह ‘एच’ मा पोल्यान्ड, कोलम्बिया, सेनेगल र जापान रहेका छन् ।

प्रतियोगिता जुन १४ तारिखदेखि जुलाई १५ तारिखसम्म चल्नेछ । उद्घाटन खेलमा आयोजक रुसले साउदी अरेबियाको सामना गर्नेछ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ